नेभिगेशन
नेताका कुरा
Breaking

रवि-बालेनबीच आज एकता,रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वस्त स्रोतले सिधाकुरालाई बताए अनुसार अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन् । सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व संगठन,झण्डा र निर्वाचन चिन्ह घण्टी स्वीकार गर्न तयार भएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने छ । रवि रास्वपाको सभापति रहने छन् ।

Ncell
Extreme Energy

सहमतिको लागि काम गरिरहेका नेताका अनुसार रास्वपाको प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) हुनेछन्। बालेनले रास्वपामा कुनै पनि साङ्गठनिक जिम्मेवारी दावी नगरेको पनि दुई पक्षको भनाई छ। तर,बालेनले जेनजी प्रतिनिधीलाई कसरी समेट्ने भनेर चासाे व्यक्त्त गरिरहेका छन् ।

अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन ।  ‘लगभग सबै कुरा सकिएको छ । नेता, नेतृत्व, पार्टी र झण्डा र चुनाव चिन्ह रास्वपाको, पहिला बालेन प्रधानमन्त्री बन्ने सहमति भयो,’ स्रोतले भन्यो, ‘आज बेलुकासम्म सहमतिमा हस्ताक्षर हुन्छ ।’

रास्वपाकातर्फबाट सहमतिको गृहकार्यका लागि उपसभापति डा।स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रिय सदस्य असिम साह तथा बालेनकातर्फबाट सल्लाहकार कुमार बेन सहभागी छन्। 

स्रोतका अनुसार बिहीबार बालेन र रविबीच सो समझदारी बनेको थियो र साँझ नै बसेर सहमतिमा हस्ताक्षरको तयारी थियो । तर,जेनजी प्रतिनिधिहरूले पनि समझदारीमा आफ्नो हिस्सा खोजेपछि बालेनले जेनजीसहितका विभिन्न फरक फरक राजनीतिक समूहसँग दिनभर छलफल गरेका थिए। जेनजी प्रतिनिधिहरूको प्रतिनिधित्व निर्वाचनबाटै गरेर जाने विषयमा पनि रवि र बालेन एक मत देखिएको पनि स्रोतको दाबी छ । 

सम्बन्धित समाचार

रवि र बालेनको भेटवार्ता 

Breaking: रवि-बालेनबीच आज एकता,रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

BREAKING: रातभरको बैठकपछि रास्वपा र बालेनबीच सात बुँदे सहमति

रवि बालेन सहमतिपछि स्वर्णिम वाग्ले: बालेन्द्र शाह अब रास्वपा नेता

कमलपोखरीमा रवि बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट

जनताको आशा र चाहनाअनुसार रवि-बालेन एकै ठाउँमाः उपसभापति डीपि अर्याल

नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो सहमतिः रवि लामिछाने

सहमतिमा दरार पछि शनिबार साँझ निरास भएर फिल्म हेर्न जाँदै थिए शिशिर तर फोन आयो...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो ।
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...