नेभिगेशन
सबै कुरा

एनसेल प्रकरणमा छानबिन गर्न गठित समितिले सुरु गर्यो काम

एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले शेयर खरिद–बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको र समितिले काम समेत सुरु गरिसकेको जानकारी दिइन् ।

Marvel
Extreme Energy

त्यस्तै मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले विश्व बैंकबाट प्राप्त हुने करिव १३ अर्व नेपाली रुपैया ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको बताइन् ।

जर्मनी सरकारबाट प्रस्तावित करिब पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय भएको उनको भनाई छ  । पोलिटेन्किक इन्स्टिच्यूट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउनका लागि साउदी अरेविया सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको उनले बताइन् ।

मन्त्रिपरिषद्ले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना स्वीकृत गर्ने, नेपाल वादी हुने फौजदारी मुद्धाको अनुसन्धान तथा अभियोजनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञान केन्द्रमा राख्न विश्वप्रकाशको आग्रह

कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञान केन्द्रमा राख्न विश्वप्रकाशको आग्रह

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...