नेभिगेशन
समाज

नेताहरु शिशिर,विराजभक्त, गणेश र मैले चुनाव लड्न नपाउने भन्दै दुष्प्रचार गरियो:सोविता गाैतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतृ साेविता गाैतमले निर्वाचनको मुखैमा निर्वाचन आयोगकै कारण आफूहरूमाथि दुष्प्रचार भएको भन्दै आपत्ति जनाएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेताहरू शिशिर खनाल, विराजभक्त श्रेष्ठ, गणेश पराजुली र आफूले निर्वाचन आयोगको समस्याका कारण आफूहरूले चुनाव लड्न नपाउने भन्दै फैलाइएको हल्लामा सत्यता नभएको नेतृ गाैमले स्पष्ट पारेकी छिन्। 

Ncell
Extreme Energy

निर्वाचनआयोगको सूचना अद्यावधिक नभएको हेलचेक्र्याइँमा निर्वाचनका आकाङ्क्षीहरूको भविष्यसँग जोडिएर दुष्प्रचार भएकामा उनले आयोगको समेत ध्यानाकर्षण गराएकी छिन् ।

निर्वाचन खर्च नबुझाएका कारण रास्वपाका चारै जना नेताहरू जरिवानामा परेको र  त्यस्ता उम्मेदवारले चुनाव लड्न नपाउने  भन्दै अहिले प्रचारबाजी गरिएको छ।

तर, आयोगको उक्त निर्णय हेलचेक्र्याइँ र बदनियतपूर्ण तरिकाले भएको भन्दै रास्वपाका तत्कालीन सांसदहरू कारबाहीको निर्णय बदर माग गर्दै उच्च अदालत गएकाे र उक्त कारबाही खारेज भएकाे गाैतमले बताइन। 

उच्च अदालत पाटनमा चारै जना नेताहरू निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेको  प्रमाण पेश गरेर भनेका थिए, ‘कानुनअनुसार खर्च विवरण पेश गरेको तर निर्वाचन आयोगको हेलचेक्र्याइँका कारण सो विवरण आयोगले अद्यावधिक नगरी सिधै जरिवानाको कारबाही गरेको हुनाले सो कारबाही बदर माग गरि पाऊँ ।’ 

चारैजना नेताहरूको माग बमोजिम उच्च अदालत पाटनले निर्वाचन आयोगले नेतामाथि गरिएको जरिवानाको निर्णय बदर गरेको थियो। नेतृ सोविता गौतमका अनुसार सो फैसला पछि आयोगले आफूले जरिवानाको कारबाही गरेको निर्णय संशोधन गर्नु पर्ने थियो।

तर, सो नगरेका कारण रास्वपाका चारै जना नेताहरूको नाम पुनः जरिवाना गरेको सूचीमा रह्यो र उनीहरूको निर्वाचन लड्न नपाउने हल्ला फैलियो ।  
‘निर्वाचनको मुखैमा यस्तो संवेदनशील विषयमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्छ,’ नेतृ गौतम भन्छिन्, ‘निर्वाचन आयोगले त्रुटि सच्याओस् । राजनीति नगरोस् ।’ 

यसै बीच निर्वाचन आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै जरिवाना सम्बन्धमा प्रकाशित समाचारले ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले खर्च विवरण बुझाएकाका हक तर आयोगको निर्णयले अन्यायमा परेकाहरूको हकमा अदालतको आदेश बमोजिम हुने भन्दै विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

यस्ताे छ सामाजिक सञ्जालबाट नेताहरुकाे गरेकाे खण्डन

निवर्तमान प्रतिनिधी सभा सदस्यहरू म सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र विराज भक्त श्रेष्ठले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम आफ्नो निर्वाचन प्रचार प्रसारमा भएको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाई सकेको तथा सो खर्चको विवरण आमसञ्चार माध्यमबाट तथा सामाजिक सञ्जालबाट सबैको जानकारीमा प्रकाशित गरिसकेकोमा निर्वाचन आयोगको मिति २०८०।०४।०९ को प्रेस विज्ञप्ति बमोजिम हामी निवेदकहरूलाई निर्वाचन खर्चको विवरण सार्वजनिक नगरेको भनी गैरकानूनी रूपमा रू.15,000।- (पन्ध्र हजार) जरिवाना गरिएको र अहिले कालो सुचीमा रहेको भनी सार्वजनिक सञ्चार माध्यम मार्फत प्रचारप्रसार गरेको रहेछ।

हामीहरूलाई कुनै जानकारी नदिई, निर्वाचन खर्च सार्वजनिक गरिएको हो, होइन भन्ने समेत नबुझी सोझै एकतर्फी रूपमा प्रेस विज्ञप्तिको माध्यमबाट हामीलाई कारवाही स्वरूप जरिवाना गर्ने गरी निर्वाचन आयोगले गरेको निर्णय तथा निर्वाचन आयोगको अन्तिम दिन प्रकाशित विज्ञप्ति गैरकानूनी तथा प्राकृतिक न्यायको प्रतिकूल छ भन्ने महशुस गरी श्री उच्च अदालत पाटनमा जरिवाना गर्ने गरी भएका आयोगका प्रकाशित र अप्रकाशित निर्णयलाई उत्प्रेषण प्रतिषेध र परमादेश लगायतका आदेशले वदर गरी पाउँ भनी रिट निवेदन दिएका थियौँ ।

सो रिट निवेदनमा श्री उच्च अदालत पाटनले “…. दफा ३१ को उपद‌फा (१) ले स्पष्ट रुपमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन आयोगले तोकेको कार्यालयमा बुझाउनुपर्ने भनी उल्लेख गरेको र निवेदकहरूले उक्त आम्दानी र खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय, काठमान्डौंमा बुझाएको भन्ने कुरा निवेदकहरुले पेश गरेको मिसिल संलग्न प्रमाणहरुबाट देखिन्छ। …. निवेदकहरूले उक्त्त विवरण आमसञ्चारको माध्यमबाट तथा सामाजिक सञजालबाट सबैको जानकारीका लागि प्रकाशित गरेको भनी निवेदनमा उल्लेख गरेको देखिंदा उक्त उपद‌फा (२) बमोजिमको दायित्व यी निवेदकहरूले पूरा नगरेको भनी भन्न सकिने देखिएन।

….यी निवेदकहरुबाट उक्त दुवै कानूनी व्यवस्थाको पालना भएको देखिने भएको भएतापनि यी निवेदकहरुलाई पन्ध्र हजार जरिवाना हुने भनी आयोगबाट मिति 2080/4/9 मा जारी प्रेस विज्ञप्तीमा उल्लेख भएको देखियो। उक्त जरिवाना गरेको न्यायसंगत छ, छैन भन्ने तर्फ हेर्दा, ……..रिट निवेदकहरुलाई जरिवानाको सजाय गर्दा सफाईको मौका दिएको नदेखिई प्राकृतिक न्यायको सिद्धान्त विपरित गई निर्णय गरेको देखिंदा विपक्षी निर्वाचन आयोगले निजहरुलाई जरिवाना हुने ठहर गरी भएको निर्णय एवं सो निर्णय अनुसार यी निवेदकहरुको हकमा भए गरेका कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहर्छ।”

भनी फैसला गरेको छ । र हामी माथीको जरीवाना बदर भएको छ ।

हिजोको गैरकानुनी जरिवाना र आजको अदालतको फैसलापछि पनि सूची अद्यावधिक नगरी पुरानै सूची सार्वजनिक गरेर गरिएको दुष्प्रचार दुवै आपत्तिजनक छन्। पुर्ण पाठ आइसकेको छ । हेर्न सक्नुहुन्छ ।

Election Commission, Nepal को ध्यानाकर्षण गर्दछु । निर्वाचनको मुखमा उम्मेदवार माथी नै राजनिती नगरीयोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।
कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए ।