नेभिगेशन
सबै कुरा

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

सर्लाही । सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले  गाँजा खेती नष्ट गरेको हो । नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको  सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले जानकारी दिए । 

CG

गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, सशस्त्र प्रहरी सुरक्षा बल लालबन्दी र इलाका प्रहरी कार्यालय लालबन्दीबाट एक सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।  

प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरेक्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाखेती गर्दै आएका छन् । 

सर्लाहीको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रको डाँडाकाँडामा गाँजाखेती रोकिएको छैन  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।