नेभिगेशन
समाज

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

कञ्चनपुर । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंछीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा शनिबारदेखि जल पंछी गणना सुरु गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गणनाका लागि गणक परिचालन गरिएको जनाइएको छ ।

Ncell
Extreme Energy

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पंछी संरक्षण समूहका प्रतिनिधि संलग्न छन् ।

नेपाल पंछी संरक्षण सङ्घका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार वाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएसलगायतका उपकरणको प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपंछी गणना भइरहेको छ । हिँडेर पुग्न नसकिने ताल तलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिने छ ।

उनका अनुसार निकुञ्जभित्र जलपंछीका लागि प्रसिद्ध शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसारमा गणना भइरहेको छ । त्यसैगरी निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायत सिमसार क्षेत्रमा पनि गणना गरिनेछ ।

गणनाका क्रममा जलपंछीका प्रजाति, सङ्ख्या, सम्भावित खतरा, मानव गतिविधि र बासस्थानसँग सम्बन्धित समस्याहरूको विवरण सङ्कलन गरिनेछ । जलपंछी गणना प्रत्येक वर्षझै यस वर्ष पनि जनवरीको पहिलो शनिबारदेखि गरिन्छ । यसवर्ष यही पुस १९ देखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

चराविज्ञ डगौराका अनुसार कञ्चनपुरका सिमसार क्षेत्रहरू जलपंछीका लागि महत्वपूर्ण भए पनि पछिल्लो समय विभिन्न चुनौतीहरू देखिन थालेका छन् । सिमसार क्षेत्र अतिक्रमण, अवैज्ञानिक रुपमा माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि, प्रदूषण तथा जलवायु परिवर्तनका असरले जलपंछीको बासस्थान खुम्चिँदै गएको उनको भनाइ छ ।

“केही वर्षयता कञ्चनपुरका सिमसार क्षेत्रमा जलपंछीको सङ्ख्या घट्दो क्रममा देखिन थालेको छ”, उनले, “विशेषगरी आगन्तुक जलपंछीको आगमनमा उतारचढाव देखिएको छ, जसको प्रमुख कारण बासस्थानको असुरक्षा रहेको छ ।” पहिले एकै तालमा ७० बढी प्रजाति जलपंछी देखिने गरेकोमा हाल त्यो सङ्ख्या आधाले घटेको उनले उल्लेख गरे ।

उनले भने, “जलपंछी जोगाउनका लागि ताल तलैया र सीमसार क्षेत्रमा पछिल्लो अवस्थामा भइरहेको अतिक्रमण हटाउनुपर्ने देखिन्छ” । चरा विज्ञ डगौराका अनुसार नेपाल सेन्ट्रल एसियन फ्लाइवेअन्तर्गत पर्ने महत्वपूर्ण देश भएकोले एसिया, युरोप तथा साइबेरियाबाट आउने प्रवासी जलपंछीहरू नेपालका सिमसार क्षेत्रमा आश्रित रहन्छन् । जलपंछी गणनाले राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरमा संरक्षण रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट रु चार लाख ३० हजार, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु तीन लाख ९० हजार र बल बहादुरले क्रोएसिया...
साउदी अरबलाई एसभिपी प्रक्रिया स्थगन गर्न मन्त्री यादवको आग्रह

साउदी अरबलाई एसभिपी प्रक्रिया स्थगन गर्न मन्त्री यादवको आग्रह

शनिबार मन्त्री यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरबीच भएको शिष्टाचार भेटका क्रममा साउदी अरबले कार्यान्वयनमा ल्याउन लागेको एसभिपी प्रक्रिया स्थगन गर्न आग्रह गरेका...
कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

सार्वजनिक सूचना प्रकाशित गर्दै कार्यालले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको...
मूल्य नपाउँदा झापामा चैते धान प्रति किसाको आकर्षण घट्दो

मूल्य नपाउँदा झापामा चैते धान प्रति किसाको आकर्षण घट्दो

चालु आर्थिक वर्ष २०८२/८३ मा १६ हजार ७५८ हेक्टर क्षेत्रफलमा ८९ हजार ६५५ दशमलव तीन मेट्रिकटन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी...