नेभिगेशन
समाज

म्याग्दीको रघुगङ्गामा व्यवस्थित पदमार्ग निर्माण सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिँड्नुपर्ने भएपछि ढलान गरी सिँढीसहितको पदमार्ग निर्माण सुरु गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालु आर्थिक वर्ष २०८२ र ८३ मा रघुगङ्गा गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख ५० हजार बजेटमा श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गर्न लागिएको रानीपौवा घोरेढुङ्गा चमेरे आर्यघाट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका प्राविधिकद्वारा लागत अनुमान तयार गरी विनियोजन भएको बजेटबाट १३२ मिटर पदमार्ग निर्माण गरिएको छ ।

Ncell
Extreme Energy

चमेरेदेखि नै जङ्गलको झाडी फँडानी गरेर सोलिङ्गसहित ढलान गरी साढे एक मिटर फराकिलो पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । मुख्यगरी गाउँमा दिवङ्गत भएकाहरूको अन्तिम संस्कारका लागि चमेरेस्थित कालीगण्डकी नदी किनारको आर्यघाटमा लैजानका लागि प्रयोग हुने यस गोरेटो बाटो पुनर्निर्माणका लागि देश तथा विदेशमा रहेका स्थानीयवासीले स्वेच्छिक रूपमा सहयोगसमेत जुटाउन थालेका छन् ।

रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आउने र चमेरदेखि कालीगण्डकी नदी किनार जाने बाटोसमेत जोखिमपूर्ण रहेको र गाउँपालिकाबाट विनियोजन भएको बजेट अपुग हुने भएपछि देश तथा विदेशमा रहेका स्थानीयवासीबाट सहयोग जुटाएर थप पदमार्ग निर्माण गर्ने तयारीमा जुटेको उपभोक्ता समितिका अध्यक्ष कार्कीले जानकारी दिए ।

दुई सातादेखि दैनिक १२ देखि १५ जना पदमार्ग निर्माणमा खटिएका छन् । रानीपौवादेखि चमेरे हुँदै आर्यघाटसम्मको गोरेटोबाटोमध्ये करिब एक किलोमिटर बाटो भिरालो र साँघुरो भएकाले त्यसलाई स्तरोन्नतिसहित पक्की पदमार्ग बनाएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ । रघुगङ्गाको वडा नम्बर ३ रानीपौवाका साथै वडा नम्बर २ तल्लाघर र कोलमुनि बस्तीका स्थानीयले समेत दिवङ्गत भएकाहरूलाई यसै बाटो भएर आर्यघाटमा अन्तिम संस्कारका लागि लैजाने गर्छन् ।

यो पदमार्ग निर्माणले पूर्णता पाएमा गाउँमा दिवङ्गत भएकाहरूलाई अन्तिम संस्कारका लागि कालीगण्डकीस्थित आर्यघाट पुर्‍याउन सहज हुनेछभने गाउँमा उत्पादन भएको केरा, सुन्तलालगायतका कृषिजन्य उत्पादनलाई बिक्री–वितरण गर्नसमेत सहज हुने उपभोक्ता समितिका सचिव रामबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, जङ्गलबाट घाँस दाउरा घरमा ल्याउन र बेनी–जोमसोम सडक खण्डको चमेरेदेखि छोटो दूरीमा रानीपौवागाउँ उक्लिन यो पदमार्ग उपयोगी हुनेछ ।

“अहिले गाउँमा दिवङ्गत भएकाहरूलाई घाटमा ल्याउन निकै कठिन छ,  भिरालो र साँघुरो डोरोमा जोखिमपूर्ण तवरले हिँड्नुपर्छ, झाडीले बाटो ढाकिने भएकाले नियमितजसो झाडी फाँड्नुपर्ने बाध्यता छ,” उपभोक्ता समितिका सचिव कार्कीले भने । यो पदमार्ग पुनर्निर्माण सम्पन्न भएमा चमेरेदेखि रानीपौवा, तल्लाघर हुँदै ऐतिहासिक भगवती कोत मन्दिर भएर पर्यटकीयस्थल रुइसे क्षेत्रसम्मको पदयात्रा गर्नका लागिसमेत प्रयोगमा आउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।