नेभिगेशन
समाज

चितवनको नारायणी किनारमा दुर्लभ एकसिंगे गैंडा (तस्बिरहरु)

काठमाडौँ । विश्वकै दुर्लभ एक सिंगे गैंडाको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय सफलता हासिल गरिरहेको छ । सन् २०२१ मा नेपालमा भएको गैंडा गणनामा चितवनमा ६९४ गैंडा थिए । सो समयमा देशभर गरे ७५२ गैंडाको गणना भएको थियो । नेपालले सन् २०३० सम्म गैंडाको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भइरहेका छन् । यद्यपि, केही समयदेखि गैंडा मर्ने क्रम बढेकोले लक्ष्यमा पुग्न सहज बाटो भने देखिँदैन । यसबीच नारायणी नदी किनारमा विरैले देखिने गैंडाको दृश्य कैद भएको छ । एक भाले, एक आमा गैंडा र उनको बच्चासँगै नदी किनारमा घुमिरहेका थिए । त्यसबीच प्रकृतिमा रम्दै भाले र पोथी गैंडाबीच प्रजनन क्रिया सम्पन्न भयो ।

Ncell
Extreme Energy

करिब दुई घण्टासम्म चलेको प्रजनन प्रक्रियाको दुर्लभ तस्विरहरु नेपालको गैंडा बढाउन गरिँदै आएका प्रयासको साक्षी बन्न सक्छ । नेपालमा सन् २०२१ पछि गैंडा गणना भएको छैन । पछिल्लो समय नेपालमा गैंडाको संख्या बढ्दो क्रममा रहेकोले गणना गर्नुपर्ने माग बढ्दो छ। तस्बिरहरुः दृष्टान्त बिडारी र नेपाल फोटो लाइब्रेरी 

rhinocer-1767681637.png

gaida2-1767681635.png

gaida1-1767681634.png

gaida-1767681630.png

gaida-prajanna1-1767681622.png

gaida-prajanna3-1767681625.png

gaida-prajanna-chitawan-1767681620.png

gaida-prajanna-1767681620.png

gaida-prajanna4-1767681626.png

gaida-prajanna2-1767681623.png

gaida-prajanna5-1767681629.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।