नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभामा एमालेले ७ सिट दाबी गर्ने, उम्मेदवार छान्ने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अन्य दलसंग छलफल गरि उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसंग तालमेल गर्ने सहमति भसकेको भन्दै भट्टले चुनावी तालमेल गर्दा पार्टीले ७ सीट दाबी गरेको बताएका छन् । हरेक प्रदेशमा एकजना पर्ने गरी ७ जनाको प्रतिनिधित्व हुने गरि पार्टी अध्यक्षले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए । भट्टले राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको उल्लेख गरेका थिए ।

CG

बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ भने उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिप भट्टले जानकारी दिए । त्यसैगरि बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सवै सदस्यहरुलाई निर्वाचन केन्द्रीत कार्यबिभाजन गरेको उनले बताए । बैठकमा अध्यक्ष ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको बताए ।

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद पुनस्थापना हुन नदिने कार्यमा दबाब दिइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको...
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

उनी आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउन सिंहदरवारबाट निस्किएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको...