नेभिगेशन
समाज

राष्ट्रियसभामा एमालेले ७ सिट दाबी गर्ने, उम्मेदवार छान्ने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अन्य दलसंग छलफल गरि उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसंग तालमेल गर्ने सहमति भसकेको भन्दै भट्टले चुनावी तालमेल गर्दा पार्टीले ७ सीट दाबी गरेको बताएका छन् । हरेक प्रदेशमा एकजना पर्ने गरी ७ जनाको प्रतिनिधित्व हुने गरि पार्टी अध्यक्षले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए । भट्टले राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको उल्लेख गरेका थिए ।

Ncell
Extreme Energy

बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ भने उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिप भट्टले जानकारी दिए । त्यसैगरि बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सवै सदस्यहरुलाई निर्वाचन केन्द्रीत कार्यबिभाजन गरेको उनले बताए । बैठकमा अध्यक्ष ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको बताए ।

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद पुनस्थापना हुन नदिने कार्यमा दबाब दिइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।