नेभिगेशन
मुख्य समाचार

बहुमत ल्याउन सक्ने दल नेकपा एमाले नै हो भन्ने ब्रिफिङ छः महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रुपमा उपयोग गर्ने बताएका छन् । 

मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रुपमा अघि बढाउने बताएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने अवस्थामा एमाले रहेकाले अन्य दलसंग सहकार्य हुँदा उच्चतहको समझदारी र सहकार्य नहुदा एक्लै चूनावमा होमिने उनले बताए । 

CG

‘आजको मितिमा बहुमतको हाराहारीमा ल्याउन सक्ने दल नेकपा एमाले नै हो भन्ने ब्रिफिङ आईरहेको छ । सहकार्य हुँदा पनि एउटा उच्च तहको समझदारीमा, नर्मल्ली नेकपा एमाले एक्लै चुनाबमा जाने गरिहेको छ । आन्दोलनको दौरानलाई नै चुनाबी तयारी गरेर हामी गइरहेका छौँ ।’ बस्नेतले भने । 

उनले मुलुकलाई निकास दिनका लागि ठूला दलहरु मिल्दा घोषित मितिमा निर्वाचन हुन नदिने आशंका कायमै रहेको धारणा राखे । 

मुलुकमा वैदेशिक षडयन्त्रणलाई पूर्णरुपमा निस्जेत पार्नका लागि भएपनि एमाले, कांग्रेस र नेकपाबीच सहकार्य हुनुपर्ने बिचारहरुपनि एमालेभित्र रहेको उनको भनाइ छ । 

उनले अहिलेको अवस्थामा पार्टीलाई समेत एकजुट बनाएर जनतामाझ जानुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको...
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

उनी आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउन सिंहदरवारबाट निस्किएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको...