नेभिगेशन
समाज

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रलोपाको काठमाडौँ जिल्ला एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले प्रशिक्षणात्मक मन्तव्यमा जनतासँग प्रत्यक्ष जोडिएको, वर्गीय दृष्टिकोणमा आधारित राजनीति आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले पार्टीले श्रमिक, किसान र उत्पीडित वर्गका समस्या र सङ्घर्षलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

CG

नेता कार्कीले नेपालमा रातो झन्डाका नाममा विचार र मूल्यको दुरुपयोग भएको टिप्पणी गर्दै पार्टी पङ्क्तिलाई त्यसप्रति सचेत र जिम्मेवार बन्न आग्रह गरेका थिए । उनले भने, “रातो झन्डा केवल प्रतीक होइन, यो श्रमिक, किसान र उत्पीडित वर्गको सङ्घर्षको चिह्न हो । यसको मर्म बिर्सेर गरिने राजनीति समाज रूपान्तरणको बाटो होइन ।”

भेलामा पार्टीको सङ्गठन सुदृढीकरण, वैचारिक एकता र आगामी राजनीतिक कार्यदिशाबारे समेत छलफल गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

उनी आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउन सिंहदरवारबाट निस्किएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको...
अबको बीस वर्षसम्म पनि नयाँले चुनाव जित्दैनन्ः अध्यक्ष ओली

अबको बीस वर्षसम्म पनि नयाँले चुनाव जित्दैनन्ः अध्यक्ष ओली

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अझै पनि सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै भयरहीत र निष्पक्ष ढंगले...