नेभिगेशन
समाज

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रलोपाको काठमाडौँ जिल्ला एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले प्रशिक्षणात्मक मन्तव्यमा जनतासँग प्रत्यक्ष जोडिएको, वर्गीय दृष्टिकोणमा आधारित राजनीति आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले पार्टीले श्रमिक, किसान र उत्पीडित वर्गका समस्या र सङ्घर्षलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

Ncell
Extreme Energy

नेता कार्कीले नेपालमा रातो झन्डाका नाममा विचार र मूल्यको दुरुपयोग भएको टिप्पणी गर्दै पार्टी पङ्क्तिलाई त्यसप्रति सचेत र जिम्मेवार बन्न आग्रह गरेका थिए । उनले भने, “रातो झन्डा केवल प्रतीक होइन, यो श्रमिक, किसान र उत्पीडित वर्गको सङ्घर्षको चिह्न हो । यसको मर्म बिर्सेर गरिने राजनीति समाज रूपान्तरणको बाटो होइन ।”

भेलामा पार्टीको सङ्गठन सुदृढीकरण, वैचारिक एकता र आगामी राजनीतिक कार्यदिशाबारे समेत छलफल गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।