नेभिगेशन
सबै कुरा

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडाैँ : सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार २६ वटा अस्पतालका अन्तिम किस्ता पठाइसकिएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको गोपेटार स्वास्थ्य चौकीको पाँच शय्या र दार्चुलाको व्यास गाउँपालिकाको १५ शय्याको आधारभूत अस्पताल पनि चाँडै नै सम्पन्न हुने तयारीमा रहेको उनले बताए।

Ncell
Extreme Energy

उनका अनुसार हाल चार सय १३ स्थानीय तहका अस्पतालको ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसङ्ख्याका आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो । सोहीअनुसार २०७७ साउन २८ गते तीन सय ९६ र २०७७ पुस १२ गते दुई सय ५९ अस्पताल निर्माण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सरकारले पाँच शय्याका लागि रु सात करोड ११ लाख, १० शय्याका लागि रु १० करोड ८३ लाख र १५ शय्याका लागि रु १८ करोड छ लाख रकम छुट्याइएको छ । पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५७ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने छ ।

सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन ती अस्पताल निर्माण गर्ने घोषणा गरे पनि समयमै नसिकएपछि अब पाँच वर्षभित्र ती निर्माण पूरा हुन नसकेका अस्पतालको निर्माणकार्य गरिने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए ।

यस्तै अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले डिपिआर पेस नगरेका ती स्थानीय तहमा अस्पताल निर्माणको काम हुन नसकेको बताए ।

भूगोल र जनसङ्ख्याका आधारमा पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५५ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहले आधारभूत अस्पताल निर्माण गर्नेछन् । 

मन्त्रालयका अनुसार १५ शय्याको आधारभूत अस्पतालमा एक एमडिजिपी चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट, दुई मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, छ स्टाफ नर्स, पाँच हेल्थ असिस्टेन्टलगायत अन्य कर्मचारी गरी ३२ कर्मचारी रहनेछन् ।  यस्तै १० शय्याको आधारभूत अस्पतालमा दुई मेडिकल अधिकृतसहित २२ र पाँच शय्याको आधारभूत अस्पतालमा एक मेडिकल अधिकृतसहित १८ कर्मचारी रहने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।