नेभिगेशन
मुख्य समाचार

यस्ता छन् ? सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौँ । सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा पुष २१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगाएतका निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधानमा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।

CG

बैठकले पुष २९ र ३० गते बङ्ग्लादेशको ढाकामा आयोजना हुने नेपाल बङ्ग्लादेश वाणिज्य सचिव स्तरको आठौं बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ भने प्रहरीको सङ्गठन, संरचना तथा दरबन्दी त्यारी स्वीकृत गर्ने निर्णय भएको छ ।

त्यसैगरि बैठकले  नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता स्वरूप एकपटकका लागि आईओएम फण्डमा १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए । बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिका सदस्य महेश प्रसाद काफ्लेको राजीनामा स्वीकृत गर्ने र समितिको रिक्त सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै मन्त्रिपरिषद्ले माघ ३ गते अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए युथ इन डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजिओ रिभोलुसन सम्बन्धी कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको गरेको छ भने नेपाली सेना सैनिक साधारण सेवाका दुईजना महासेनानीलाई सोहि सेवाको सहायक रथी दर्जामा र चार जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको...
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

उनी आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउन सिंहदरवारबाट निस्किएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको...