नेभिगेशन
समाज

दुई पक्षबीच भएको पाँचबुँदे सहमति पश्चात् वीरगञ्जमा कर्फ्यू खुल्यो

काठमाडौँ । वीरगञ्जमा सोमबारदेखि जारी कर्फ्यू हटाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धर्मका विषयमा दुई समुदायबीच उत्पन्न विवादले उग्ररुप लिनथालेपछि अवस्थालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा कर्फ्यू जारी गरेको थियो । आज बसेको सर्वपक्षीय छलफलमा दुई समुदायबीच भएको पाँचबुँदे सहमति पश्चात् वीरगञ्जमा लगाइएको कर्फ्यू तोडिएको पर्सा जिल्ला प्रमुख अधिकारीले भोला दाहालले जनाएका हुन ।

Ncell
Extreme Energy

यस्ता छन् दुई पक्षबीचका सहमतिका बुदाहरुः
१) अन्य मुलुक वा स्थानमा घटेका घटनारदुर्घटनालाई लिएर वीरगंजमा प्रदर्शन आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरियो। यसको सट्टा पिडीत पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गर्न जोड दिने, तत् पश्चात मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने ।

२) भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न तथा आवश्यक कानूनी कारवाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियासिल राजनीतिक दलहरु एवं विभिन्न धार्मिक समुदायका अगुवाहरु रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गरियो ।

३) सबै प्रकारका मिडीयाकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक साँस्कृतिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने ।

४) धार्मिक, साँस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह र आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने। साथै सबै पक्षले आ–आफ्नो, समूहको तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख प्रतिवद्धता व्यक्त गर्ने ।

५) यस बैठकमा उपस्थित सबै सस्था पक्षरअभियन्तारमहानुभावहरुले आजको यस निर्णयलाई आ–आफ्नो संस्थाको वेवसाईट र सामाजिक सञ्जालमा मा अप्लोड गर्ने र सबैले यस निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने । साथै विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानवाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरु नगर्ने ।agrument-parsa-1767698157.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै