नेभिगेशन
मुख्य समाचार

दुई पक्षबीच भएको पाँचबुँदे सहमति पश्चात् वीरगञ्जमा कर्फ्यू खुल्यो

काठमाडौँ । वीरगञ्जमा सोमबारदेखि जारी कर्फ्यू हटाइएको छ ।

धर्मका विषयमा दुई समुदायबीच उत्पन्न विवादले उग्ररुप लिनथालेपछि अवस्थालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा कर्फ्यू जारी गरेको थियो । आज बसेको सर्वपक्षीय छलफलमा दुई समुदायबीच भएको पाँचबुँदे सहमति पश्चात् वीरगञ्जमा लगाइएको कर्फ्यू तोडिएको पर्सा जिल्ला प्रमुख अधिकारीले भोला दाहालले जनाएका हुन ।

CG

यस्ता छन् दुई पक्षबीचका सहमतिका बुदाहरुः
१) अन्य मुलुक वा स्थानमा घटेका घटनारदुर्घटनालाई लिएर वीरगंजमा प्रदर्शन आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरियो। यसको सट्टा पिडीत पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गर्न जोड दिने, तत् पश्चात मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने ।

२) भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न तथा आवश्यक कानूनी कारवाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियासिल राजनीतिक दलहरु एवं विभिन्न धार्मिक समुदायका अगुवाहरु रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गरियो ।

३) सबै प्रकारका मिडीयाकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक साँस्कृतिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने ।

४) धार्मिक, साँस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह र आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने। साथै सबै पक्षले आ–आफ्नो, समूहको तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख प्रतिवद्धता व्यक्त गर्ने ।

५) यस बैठकमा उपस्थित सबै सस्था पक्षरअभियन्तारमहानुभावहरुले आजको यस निर्णयलाई आ–आफ्नो संस्थाको वेवसाईट र सामाजिक सञ्जालमा मा अप्लोड गर्ने र सबैले यस निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने । साथै विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानवाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरु नगर्ने ।agrument-parsa-1767698157.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको...
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

उनी आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउन सिंहदरवारबाट निस्किएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको...