नेभिगेशन
मुख्य समाचार

काँग्रेस महाधिवेशन पक्षधरले भन्यो, ‘पुस २७ र २८ गते महाधिवेशन गर्न जुटिसकेका छौं’

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न बिभिन्न समिति गठन गरेको जनाएको छ ।

विशेष महाधिवेशन पक्षधरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन व्यवस्थीत गर्नका लागि बिभिन्न १८ वटा समिति गठन गरिएको जनाएको हो । राजनीतिकदेखि बिभिन्न तयारी समिति गठन गरिएको विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु शिवाकोटीले जानकारी दिए । उनले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको र आवासको सुविधा प्रदान गरिएको बताए  ।

CG

विशेष महाधिवेशनमा आउन चाहने प्रतिनिधिहरुलाई अवरोधको प्रयास भएको उनले बताए । उनले विधान अनुसार नै विशेष महाधिवेशन हुन लागेको भन्दै यसमा समर्थन गर्न आग्रह गरे । उनले बुधबारदेखि भृकुटिमण्डपमा डेस्क नै स्थापना गरेर काम सुरु गर्ने उल्लेख गरेका छन । शिवाकोटीले पार्टी कार्यालयमा विशेष महाधिवेशनको माग गर्दै भएका प्रदर्शन स्वभाविक भएको तर्क गरे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको...
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै कुलमान

उनी आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउन सिंहदरवारबाट निस्किएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको...