नेभिगेशन
समाज

काँग्रेस महाधिवेशन पक्षधरले भन्यो, ‘पुस २७ र २८ गते महाधिवेशन गर्न जुटिसकेका छौं’

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न बिभिन्न समिति गठन गरेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष महाधिवेशन पक्षधरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन व्यवस्थीत गर्नका लागि बिभिन्न १८ वटा समिति गठन गरिएको जनाएको हो । राजनीतिकदेखि बिभिन्न तयारी समिति गठन गरिएको विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु शिवाकोटीले जानकारी दिए । उनले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको र आवासको सुविधा प्रदान गरिएको बताए  ।

Ncell
Extreme Energy

विशेष महाधिवेशनमा आउन चाहने प्रतिनिधिहरुलाई अवरोधको प्रयास भएको उनले बताए । उनले विधान अनुसार नै विशेष महाधिवेशन हुन लागेको भन्दै यसमा समर्थन गर्न आग्रह गरे । उनले बुधबारदेखि भृकुटिमण्डपमा डेस्क नै स्थापना गरेर काम सुरु गर्ने उल्लेख गरेका छन । शिवाकोटीले पार्टी कार्यालयमा विशेष महाधिवेशनको माग गर्दै भएका प्रदर्शन स्वभाविक भएको तर्क गरे ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।