नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन आज

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । 

CG

आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं...
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको...
कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

उनले आज प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।