नेभिगेशन
समाज

राष्ट्रिय सभा निर्वाचनतर्फ काँग्रेसबाट ९ उम्मेदवारको टुङ्गो, महामन्त्री थापाको तीब्र असन्तुष्टी

काठमाडौँ । नेपाली काँग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुङ्गो लगाएको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण,बागमती प्रदेशबाट गीता देवकोटा,गण्डकी प्रदेशबाट जगत तिमल्सिना,लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी,कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवारलाई उम्मेदवार बनाइएको उनले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल सहमति भएको छ ।

Ncell
Extreme Energy

जसअनुसार काँग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले एक सिट बाँडफाँट भएको विश्वकर्माले बताए । राष्ट्रियसभामा अन्य दलसंग तालमेल र उम्मेवार चयन गर्ने बिषयमा कांग्रेस महामन्त्री गगनकुमार थापाले फरक मत व्यक्त गरेका छन् । तालमेलको सैद्धान्तिक आधार नभएको र उम्मेदवार समेत नेताको खल्तीबाट झिकेर चयन गरिएकाले फरक मत राखिएको थापाले बताए । उनले  एकलौटी ढंगले उम्मेदवार चयन गरेर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएकाले त्यसको स्वामित्व आफुहरुले नलिने स्पष्ट पारेका थिए ।

महामन्त्री थापाले आफुहरुलाई हेप्ने क्रम जारी रहेकाले अव यस्तैगरि पार्टीको काम अघि बढ्न नसक्ने चेतावनी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन हुने र आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।