नेभिगेशन
मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचनतर्फ काँग्रेसबाट ९ उम्मेदवारको टुङ्गो, महामन्त्री थापाको तीब्र असन्तुष्टी

काठमाडौँ । नेपाली काँग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुङ्गो लगाएको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण,बागमती प्रदेशबाट गीता देवकोटा,गण्डकी प्रदेशबाट जगत तिमल्सिना,लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी,कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवारलाई उम्मेदवार बनाइएको उनले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल सहमति भएको छ ।

CG

जसअनुसार काँग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले एक सिट बाँडफाँट भएको विश्वकर्माले बताए । राष्ट्रियसभामा अन्य दलसंग तालमेल र उम्मेवार चयन गर्ने बिषयमा कांग्रेस महामन्त्री गगनकुमार थापाले फरक मत व्यक्त गरेका छन् । तालमेलको सैद्धान्तिक आधार नभएको र उम्मेदवार समेत नेताको खल्तीबाट झिकेर चयन गरिएकाले फरक मत राखिएको थापाले बताए । उनले  एकलौटी ढंगले उम्मेदवार चयन गरेर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएकाले त्यसको स्वामित्व आफुहरुले नलिने स्पष्ट पारेका थिए ।

महामन्त्री थापाले आफुहरुलाई हेप्ने क्रम जारी रहेकाले अव यस्तैगरि पार्टीको काम अघि बढ्न नसक्ने चेतावनी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन हुने र आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

रास्वपाबाट उम्मेदवारका आंकक्षीहरुले उम्मेदवारीका लागि पार्टीले अपनाएको प्रक्रियामा सहभागी नै नभई सामाजिक सञ्जालमा उम्मेदवारकारुपमा प्रचार गरेको पाइएपछि सञ्जालबाट त्यस्ता सामाग्री हटाउन तथा नराख्न निर्देशन दिएको हो ।
लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२ का सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका–५ घर भइ जिल्ला काठमाडौंको टोखा बस्दै...
रहबरले प्रचण्डलाई सायरी सम्झाउँदै गरे माओवादी परित्याग

रहबरले प्रचण्डलाई सायरी सम्झाउँदै गरे माओवादी परित्याग

उनले राजीनामा पत्रमा प्रचण्डले मधेश प्रदेशको एक कार्यक्रम भनेको सायरी उद्धृत गरेका छन् । उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा गाएको...
लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग

लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग

उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेका हुन् । स्वतन्त्र चूनाव चिन्ह लौरोलाई...