नेभिगेशन
मुख्य समाचार

आजका दिनसम्म आफु कुनै पार्टीमा आवद्ध नरहेको मन्त्री खरेलको स्पष्टोक्ति

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबारको दिनसम्म आफु कुनै पार्टीमा आवद्ध नरहेको स्पष्ट पारेका छन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ  स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारेका हुन ।

CG

आफ्ना बारेमा बिभिन्न चर्चा चल्नेगरेको भन्दै उनले चूनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए । मन्त्री खरेलले आफु र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रीत रहेको धारणा व्यक्त गरे । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरेका थिए ।

उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न आग्रह गरे । कार्यक्रममा बिभिन्न पत्रकारिता पुरस्कारहरु प्रदान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

रास्वपाबाट उम्मेदवारका आंकक्षीहरुले उम्मेदवारीका लागि पार्टीले अपनाएको प्रक्रियामा सहभागी नै नभई सामाजिक सञ्जालमा उम्मेदवारकारुपमा प्रचार गरेको पाइएपछि सञ्जालबाट त्यस्ता सामाग्री हटाउन तथा नराख्न निर्देशन दिएको हो ।
लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२ का सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका–५ घर भइ जिल्ला काठमाडौंको टोखा बस्दै...
रहबरले प्रचण्डलाई सायरी सम्झाउँदै गरे माओवादी परित्याग

रहबरले प्रचण्डलाई सायरी सम्झाउँदै गरे माओवादी परित्याग

उनले राजीनामा पत्रमा प्रचण्डले मधेश प्रदेशको एक कार्यक्रम भनेको सायरी उद्धृत गरेका छन् । उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा गाएको...
लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग

लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग

उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेका हुन् । स्वतन्त्र चूनाव चिन्ह लौरोलाई...