नेभिगेशन
मुख्य समाचार

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले किन गए भारत ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा निस्किएका छन् । 

भारतीय जनता पार्टी (भाजपा) निकट विचार समुह (थिङ्क ट्याङ्क) विवेकानन्द इन्टरनेशनल फाउण्डेसन र सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एण्ड सेक्युरीटी इस्युजले आयोजना गरेको गोष्ठीमा सहभागी हुन वाग्ले सहितको टोली बुधबार भारत प्रस्थान गरेको हो ।

CG

वाग्लेसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पाेखरेल र पूर्वराजदूत विजयकान्त कर्ण पनि भारत प्रस्थान गरेका छन् । उक्त गोष्ठीमा रास्वपा उपसभापति वाग्ले प्रमुख वक्ताका रुपमा आमन्त्रित छन् । बिहीबार हुने गाेष्टी सकेर वाग्ले साेहीदिन साँझ काठमाडाैँ फर्कने कार्यातालिका छ। 
 
छिमेकी देशको एउटा प्रभावशाली थिङ्क ट्याङ्कले नेपालबारे गरेको उच्च स्तरीय गोष्ठीमा मुख्य वक्ताको रुपमा सहभागी हुन भारत आएको वाग्लेले सिधाकुरालाई बताए ।

सो कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी हुन आफुलाई ६ हप्ताअघि नै निम्तो आएको पनि वाग्लेले बताए । 

'अरु को को मानिसहरु के कामका लागि भारत आए त्यो उनीहरुको कुरा भयो ।' वाग्लेले सिधाकुरासँग भने, म भने पूर्व निर्धारित कार्यक्रमअनुसार  नै जेनजी आन्दोलन पछिको भारत नेपाल सहकार्यका आयमबारे हुने छलफलमा प्रमुख वक्ताका रुपमा आमन्त्रित भएर आएको हुँ ।’

भ्रमणबारे गरिएको अतिरञ्जनाबारे वाग्लेले थपे, ‘आन्तरिक जत्तिकै परराष्ट्र नीति र सम्बन्धहरु महत्पूर्ण हुन्छन् । त्यो पनि दुई महिनामा सत्तामा आउन लागेको पार्टीका लागि । ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

रास्वपाबाट उम्मेदवारका आंकक्षीहरुले उम्मेदवारीका लागि पार्टीले अपनाएको प्रक्रियामा सहभागी नै नभई सामाजिक सञ्जालमा उम्मेदवारकारुपमा प्रचार गरेको पाइएपछि सञ्जालबाट त्यस्ता सामाग्री हटाउन तथा नराख्न निर्देशन दिएको हो ।
लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२ का सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका–५ घर भइ जिल्ला काठमाडौंको टोखा बस्दै...
रहबरले प्रचण्डलाई सायरी सम्झाउँदै गरे माओवादी परित्याग

रहबरले प्रचण्डलाई सायरी सम्झाउँदै गरे माओवादी परित्याग

उनले राजीनामा पत्रमा प्रचण्डले मधेश प्रदेशको एक कार्यक्रम भनेको सायरी उद्धृत गरेका छन् । उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा गाएको...