नेभिगेशन
मुख्य समाचार

काँग्रेस विशेष महाधिवेशन पक्षधरले सार्वजनिक गर्‍यो कार्य तालिका

काठमाडौँ । महाधिवेशनको विषयलाई लिएर काँग्रेसभित्र उत्पन्न विवादकाबीचमा महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको आह्वान गरेको छ । बुधबार पत्रकार सम्मेलनको आयोजन गर्दै महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको आह्वान गरेको हो ।

यही पुस २७ र २८ गते विशेष महाधिवेशन गरिने विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले जनाएको छ । पार्टीले यसअघि २०८२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक समेत गरेको थियो । तर, तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न हुन नसक्ने देखेपछि महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने दबाब बढ्दै गैइरहेको थियो ।

CG

बुधबार विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै पार्टीको विशेष महाधिवेशनको आह्वान गरेको हो । महाधिवेशन सफल पार्नका लागि आवश्यक विभिन्न १८ वटा समितिहरु समेत गठन गरिएको महाधिवेशन पक्षधरले जनाएको छ । काठमाडौँमा हुने विशेष महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहने विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।

त्यस्तै, पार्टीको नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको महामन्त्रीद्वय थापा र शर्मा पक्षधरको भनाई छ । तर पार्टीः सभापति शेरबहादुर देउवा पक्षधरले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने अडान लिएका छन् ।

congress-press-meet-1767780307.jpeg

Congress-bises-mahadhibesan-press-meet_NPL-(2)-1767780307.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताए ।
रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

रास्वपाबाट उम्मेदवारका आंकक्षीहरुले उम्मेदवारीका लागि पार्टीले अपनाएको प्रक्रियामा सहभागी नै नभई सामाजिक सञ्जालमा उम्मेदवारकारुपमा प्रचार गरेको पाइएपछि सञ्जालबाट त्यस्ता सामाग्री हटाउन तथा नराख्न निर्देशन दिएको हो ।
लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२ का सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका–५ घर भइ जिल्ला काठमाडौंको टोखा बस्दै...