नेभिगेशन
समाज

काँग्रेस विशेष महाधिवेशन पक्षधरले सार्वजनिक गर्‍यो कार्य तालिका

काठमाडौँ । महाधिवेशनको विषयलाई लिएर काँग्रेसभित्र उत्पन्न विवादकाबीचमा महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको आह्वान गरेको छ । बुधबार पत्रकार सम्मेलनको आयोजन गर्दै महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको आह्वान गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही पुस २७ र २८ गते विशेष महाधिवेशन गरिने विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले जनाएको छ । पार्टीले यसअघि २०८२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक समेत गरेको थियो । तर, तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न हुन नसक्ने देखेपछि महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने दबाब बढ्दै गैइरहेको थियो ।

Ncell
Extreme Energy

बुधबार विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै पार्टीको विशेष महाधिवेशनको आह्वान गरेको हो । महाधिवेशन सफल पार्नका लागि आवश्यक विभिन्न १८ वटा समितिहरु समेत गठन गरिएको महाधिवेशन पक्षधरले जनाएको छ । काठमाडौँमा हुने विशेष महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहने विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।

त्यस्तै, पार्टीको नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको महामन्त्रीद्वय थापा र शर्मा पक्षधरको भनाई छ । तर पार्टीः सभापति शेरबहादुर देउवा पक्षधरले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने अडान लिएका छन् ।

congress-press-meet-1767780307.jpeg

Congress-bises-mahadhibesan-press-meet_NPL-(2)-1767780307.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।