नेभिगेशन
समाज

डा. रामजी रामले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौँ । डा. रामजी रामले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिएकोबारे जानकारी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफ्नो भन्दा अझै बढी पीडित, अझै कम सुन्निएको, तर संसदभित्र पुग्न नितान्त आवश्यक आवाजहरू पछाडि रहेको बताउँदै आफू एक कदम पछाडि हटा्दा उनीहरूका लागि एक ढोका खुल्छ भने, त्यो नै आफ्नाे सबैभन्दा अर्थपूर्ण योगदान हुने उल्लेख गरेका छन् । 

Ncell
Extreme Energy

‘म संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ। सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो।’ उनले भने, ‘त्यसैले, दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।’ 

समानुपातिक सूचीमा परेका मिलन लिम्बु, त्रिशला गुरुङ, आशिफ शाह, सचिन ढकाल, सिर्जना ओली लगायतले पनि नाम फिर्ता लिने घोषणा गरिसकेका छन् । समानुपातिक सूचीको नाम विवादमा परेपछि रास्वपाले विज्ञप्ती नै जारी गरी नाम सच्याइने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झापामा पहिलोपटक ड्रोनबाट बाढीको जोखिम निगरानी

झापामा पहिलोपटक ड्रोनबाट बाढीको जोखिम निगरानी

बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा पहिलोपटक ड्रोनबाट जोखिम क्षेत्रको निगरानी थालिएको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
भोटेकोशी बाढीको महाविपद्को एक महिना : खोज, उद्धार र राहत जारी, पुनर्निर्माणमा ठूलो चुनौती

भोटेकोशी बाढीको महाविपद्को एक महिना : खोज, उद्धार र राहत जारी, पुनर्निर्माणमा ठूलो चुनौती

रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीको एक महिना पुगेको छ। भदौ १० गते बिहान आएको उक्त बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक...
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...