नेभिगेशन
समाज

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभरबाट मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचनका लागि देशभरका सातै प्रदेशमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र मधेशकेन्द्रीत दलबीच तालमेल भएको छ भने नेपाली कम्युनिष्ट पार्टी(नेकपा) एक्लै चूनावी मैदानमा होमिएको छ । आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

Ncell
Extreme Energy

निर्वाचन आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झापामा पहिलोपटक ड्रोनबाट बाढीको जोखिम निगरानी

झापामा पहिलोपटक ड्रोनबाट बाढीको जोखिम निगरानी

बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा पहिलोपटक ड्रोनबाट जोखिम क्षेत्रको निगरानी थालिएको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
भोटेकोशी बाढीको महाविपद्को एक महिना : खोज, उद्धार र राहत जारी, पुनर्निर्माणमा ठूलो चुनौती

भोटेकोशी बाढीको महाविपद्को एक महिना : खोज, उद्धार र राहत जारी, पुनर्निर्माणमा ठूलो चुनौती

रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीको एक महिना पुगेको छ। भदौ १० गते बिहान आएको उक्त बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक...
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...