नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभरबाट मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचनका लागि देशभरका सातै प्रदेशमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र मधेशकेन्द्रीत दलबीच तालमेल भएको छ भने नेपाली कम्युनिष्ट पार्टी(नेकपा) एक्लै चूनावी मैदानमा होमिएको छ । आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

CG

निर्वाचन आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला भनेको छु, सभापति पुस २७ गतेको कार्यक्रममा सहभागी हुनुपर्छ । उहाँको पनि मान बढाउँछ ।...
काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मुद्दाको मिसिलसहित नौ वटा कागजात झिकाउन आदेश दिएको हो। यससँगै सर्वोच्चले यस मुद्दालाई शिघ्र टुंग्याउनुपर्ने...
रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताए ।