नेभिगेशन
मुख्य समाचार

अबको बीस वर्षसम्म पनि नयाँले चुनाव जित्दैनन्ः अध्यक्ष ओली

काठमाडौँ । अबको बीस वर्षसम्म पनि नयाँ आएका दलहरुले चुनाव जित्न नसक्ने नेकपा एमालेका अध्यक्षय केपी शर्माले बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार चुनाव गराउने वा नगराउने विषयमा अझै दुविधामा रहेको बताएका छन् । नयाँले चुनाव हार्ने अवस्था देखेपछि चुनाव नगराउने पक्षमा सरकार देखिएको र आफुहरुले हार्ने अवस्थामा मात्रै चुनाव गराउने मनस्थितिमा सरकार रहेको अध्यक्ष ओलीले आरोप लगाएका हुन ।

CG

उनले भने, ‘एमाले काँग्रेसले चुनाव जित्ने भए चुनाव नगराउने गरे । अनि फलानाले जित्छ भनेमात्र चुनाव गराउने गरे । फलाना फलानाले आउँदो बीस वर्षसम्म चुनाव जित्दै् । के अब बीस वर्ष सम्म चुनाव नगराउने त्यसो भए । अब बीस वर्ष चुनाव जित्ने वाला छैनन् । चुनाव गर्नु नगराउनु अलग कुरा हो ।’

अध्यक्ष ओलीले आफुहरुले चुनाव जित्ने कुरा भनेकै भरमा सरकार चुनाव नगराउने पक्षमा हो भने, कि आफुहरुले चुनाव हार्छौं भनिदिनु पर्ने हो भने कुरा अलग कुरा रहेको उनले बताए ।अझै पनि एमाले र कांग्रेस एक भएर चूनावमा जाने निर्णय गरे तोकिएको समयमा निर्वाचन गर्न नदिने धम्की सुनिएको उनले बताए ।

अध्यक्ष ओलीले वर्तमान सरकार चुनावी वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको बताए । उन्माद र नशामा देश बन्न नसक्ने भन्दै उनले देश बनाउन सहि व्यक्ति आउनुपर्ने उल्लेख गरे । त्यस्तै ओलीले असंवैधानिक तवरले सरकार गठन भएको र संसद बिघटन गरिएको दोहराउदै प्रतिगमन सच्चाउन संसद पुनस्र्थापना हुनैपर्नेमा जोड दिए ।

उनले भाद्र २३ र २४ गतेको घटना लामोसमयदेखिको तयारीको उपज भएको बताए । उक्त घटनामा जनेजी युवाहरुको कुनै भूमिका नरहेको भन्दै ओलीले देशद्रोही र अपराधिहरुले तोडफोड र आगजनी गरेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला भनेको छु, सभापति पुस २७ गतेको कार्यक्रममा सहभागी हुनुपर्छ । उहाँको पनि मान बढाउँछ ।...
काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मुद्दाको मिसिलसहित नौ वटा कागजात झिकाउन आदेश दिएको हो। यससँगै सर्वोच्चले यस मुद्दालाई शिघ्र टुंग्याउनुपर्ने...
रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताए ।