नेभिगेशन
समाज

अबको बीस वर्षसम्म पनि नयाँले चुनाव जित्दैनन्ः अध्यक्ष ओली

काठमाडौँ । अबको बीस वर्षसम्म पनि नयाँ आएका दलहरुले चुनाव जित्न नसक्ने नेकपा एमालेका अध्यक्षय केपी शर्माले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार चुनाव गराउने वा नगराउने विषयमा अझै दुविधामा रहेको बताएका छन् । नयाँले चुनाव हार्ने अवस्था देखेपछि चुनाव नगराउने पक्षमा सरकार देखिएको र आफुहरुले हार्ने अवस्थामा मात्रै चुनाव गराउने मनस्थितिमा सरकार रहेको अध्यक्ष ओलीले आरोप लगाएका हुन ।

Ncell
Extreme Energy

उनले भने, ‘एमाले काँग्रेसले चुनाव जित्ने भए चुनाव नगराउने गरे । अनि फलानाले जित्छ भनेमात्र चुनाव गराउने गरे । फलाना फलानाले आउँदो बीस वर्षसम्म चुनाव जित्दै् । के अब बीस वर्ष सम्म चुनाव नगराउने त्यसो भए । अब बीस वर्ष चुनाव जित्ने वाला छैनन् । चुनाव गर्नु नगराउनु अलग कुरा हो ।’

अध्यक्ष ओलीले आफुहरुले चुनाव जित्ने कुरा भनेकै भरमा सरकार चुनाव नगराउने पक्षमा हो भने, कि आफुहरुले चुनाव हार्छौं भनिदिनु पर्ने हो भने कुरा अलग कुरा रहेको उनले बताए ।अझै पनि एमाले र कांग्रेस एक भएर चूनावमा जाने निर्णय गरे तोकिएको समयमा निर्वाचन गर्न नदिने धम्की सुनिएको उनले बताए ।

अध्यक्ष ओलीले वर्तमान सरकार चुनावी वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको बताए । उन्माद र नशामा देश बन्न नसक्ने भन्दै उनले देश बनाउन सहि व्यक्ति आउनुपर्ने उल्लेख गरे । त्यस्तै ओलीले असंवैधानिक तवरले सरकार गठन भएको र संसद बिघटन गरिएको दोहराउदै प्रतिगमन सच्चाउन संसद पुनस्र्थापना हुनैपर्नेमा जोड दिए ।

उनले भाद्र २३ र २४ गतेको घटना लामोसमयदेखिको तयारीको उपज भएको बताए । उक्त घटनामा जनेजी युवाहरुको कुनै भूमिका नरहेको भन्दै ओलीले देशद्रोही र अपराधिहरुले तोडफोड र आगजनी गरेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।
यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।
ढिला होला, तर गलत हुँदैन– बालेन शाह

ढिला होला, तर गलत हुँदैन– बालेन शाह

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ ।...