नेभिगेशन
समाज

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जानेडिआइजी सहित ५९९ प्रहरी कारबाहीमा

काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक वर्ष २०७७र७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा सङ्गठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोशाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

Ncell
Extreme Energy

कारबाही पर्नेहरूमा एक प्रहरी नायब महानिरीक्षक, एक प्रहरी वरिष्ठ उपरीक्षक, चार प्रहरी उपरीक्षक, पाँच प्रहरी नायब उपरीक्षक, २४ प्रहरी निरीक्षक, ११ प्रहरी वरिष्ठ नायब निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, ५१  प्रहरी सहायक निरीक्षक, सात प्रहरी वरिष्ठ हवल्दार, ३५ प्रहरी हवल्दार, ७६ सहायक हवल्दार, ३५८ प्रहरी जवान र कार्यालय सहयोगी दुईजना रहेका छन् । 

उनीहरूलाई सङ्गठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको उनले जानकारी दिए । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्नेसम्बन्धी निर्देशिका जारी गरेको थियो ।

नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरुमा समेत प्रहरीले सामाजिक सञ्जालमा गैर व्यावसायिक र अमर्यादित आचरण प्रदर्शन नगर्न भनिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...