नेभिगेशन
मुख्य समाचार

कञ्चनपुर २ मा रास्वपाबाट दिपक बोहरा उम्मेदवार बन्दै

रविको पक्षमा हस्ताक्षर अभियानका संयोजक दीपक बोहरा कञ्चनपुर २ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि एकल सिफारिस

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य दीपक बोहरा कञ्चनपुर २ बाट उम्मेदवार हुने भएका छन् । 

रास्वपाका संस्थापक समेत रहेका बोहराले सामाजिक सञ्जालमा स्टाटस राख्दै आफ्नो नाम एकल सिफारिस भएको जनाएका छन् । रास्वपा कञ्चनपर क्षेत्र न २ को क्षेत्रीय कमिटीले बोहराको नाम एकल सिफारिस गरेको छ । 
रास्वपाका क्षेत्रीय संयोजक गणेश खड्काका अनुसार शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगर समितिसहित ती नगरका सबै वडाका प्रतिनिधि र अन्य आकांक्षी उम्मेदवारको संयुक्त बैठकले बोहरालाई सर्वसम्मत सिफारिस गरेको हो ।
बोहराका लागि झंकर जोशी र घनश्याम विष्ट प्रस्तावक तथा समर्थक रहेका छन् । जोशी यसअघि कञ्चनपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए भने विष्ट अहिले उम्मेदवारका लागि आकांक्षी थिए ।

CG

सिफारिस भएकापछि फेसबुकमा सिफारिस गर्ने  सबैप्रति आभार व्यक्त गरेका बोहराले लेखका छन्, ‘कञ्चनपुर क्षेत्र नम्बर–२ बाट रास्वपा उम्मेदवारका रूपमा मलाई सर्वसम्मत सिफारिस गर्नुभएकोमा आभारी छु । पार्टी पङ्क्तिको यो विश्वास धरमराउन दिने छैन । अन्य आकांक्षी घण्टी मित्रहरूको त्यागको उच्च सम्मान गर्ने छु । र, उहाँहरूको न्यायको पक्षमा सधैँ उभिनेछु ।’
रास्वपा सभापति रवि लामिछानेमाथि भएको प्रतिसोधका विरुद्धमा बोहराकै नेतृत्वमा हस्ताक्षर अभियान चलाइएको थियो । 
कञ्चनपुर २ मा अघिल्लो चुनावमा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद विजयी बनेका थिए । उनले २८ हजार १ सय मत ल्याउँदा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मतसहित दोस्रो स्थानमा रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला भनेको छु, सभापति पुस २७ गतेको कार्यक्रममा सहभागी हुनुपर्छ । उहाँको पनि मान बढाउँछ ।...
काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मुद्दाको मिसिलसहित नौ वटा कागजात झिकाउन आदेश दिएको हो। यससँगै सर्वोच्चले यस मुद्दालाई शिघ्र टुंग्याउनुपर्ने...
रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताए ।