नेभिगेशन
समाज

कञ्चनपुर २ मा रास्वपाबाट दिपक बोहरा उम्मेदवार बन्दै

रविको पक्षमा हस्ताक्षर अभियानका संयोजक दीपक बोहरा कञ्चनपुर २ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि एकल सिफारिस

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य दीपक बोहरा कञ्चनपुर २ बाट उम्मेदवार हुने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका संस्थापक समेत रहेका बोहराले सामाजिक सञ्जालमा स्टाटस राख्दै आफ्नो नाम एकल सिफारिस भएको जनाएका छन् । रास्वपा कञ्चनपर क्षेत्र न २ को क्षेत्रीय कमिटीले बोहराको नाम एकल सिफारिस गरेको छ । 
रास्वपाका क्षेत्रीय संयोजक गणेश खड्काका अनुसार शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगर समितिसहित ती नगरका सबै वडाका प्रतिनिधि र अन्य आकांक्षी उम्मेदवारको संयुक्त बैठकले बोहरालाई सर्वसम्मत सिफारिस गरेको हो ।
बोहराका लागि झंकर जोशी र घनश्याम विष्ट प्रस्तावक तथा समर्थक रहेका छन् । जोशी यसअघि कञ्चनपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए भने विष्ट अहिले उम्मेदवारका लागि आकांक्षी थिए ।

Ncell
Extreme Energy

सिफारिस भएकापछि फेसबुकमा सिफारिस गर्ने  सबैप्रति आभार व्यक्त गरेका बोहराले लेखका छन्, ‘कञ्चनपुर क्षेत्र नम्बर–२ बाट रास्वपा उम्मेदवारका रूपमा मलाई सर्वसम्मत सिफारिस गर्नुभएकोमा आभारी छु । पार्टी पङ्क्तिको यो विश्वास धरमराउन दिने छैन । अन्य आकांक्षी घण्टी मित्रहरूको त्यागको उच्च सम्मान गर्ने छु । र, उहाँहरूको न्यायको पक्षमा सधैँ उभिनेछु ।’
रास्वपा सभापति रवि लामिछानेमाथि भएको प्रतिसोधका विरुद्धमा बोहराकै नेतृत्वमा हस्ताक्षर अभियान चलाइएको थियो । 
कञ्चनपुर २ मा अघिल्लो चुनावमा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद विजयी बनेका थिए । उनले २८ हजार १ सय मत ल्याउँदा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मतसहित दोस्रो स्थानमा रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।