नेभिगेशन
मुख्य समाचार

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

CG

निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

गगनले पठाए देउवालाई विशेष महाधिवेशनको निम्तो

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला भनेको छु, सभापति पुस २७ गतेको कार्यक्रममा सहभागी हुनुपर्छ । उहाँको पनि मान बढाउँछ ।...
काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मुद्दाको मिसिलसहित नौ वटा कागजात झिकाउन आदेश दिएको हो। यससँगै सर्वोच्चले यस मुद्दालाई शिघ्र टुंग्याउनुपर्ने...
रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

रास्वपाले प्रतिशोधको राजनीति गर्दैनःरवि लामिछाने

बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताए ।