नेभिगेशन
समाज

चितवनमा निर्वाचनको तयारी तीव्र

भरतपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन ५६ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ । आगामी माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसको तयारीमा कार्यालय लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसपटक चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका–१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्यको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठले जानकारी दिए।

Ncell
Extreme Energy

“अहिले निर्वाचनको तयारी अघि बढाइरहेका छौँ । सुरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले सोका लागि काम भइरहेको छ”, सूचना अधिकारी श्रेष्ठले भने । 
क्षेत्र नं १ का लागि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं ३ का लागि रामपुरस्थित सिँचाइ कार्यालयमा स्थापना गरिने उनले बताए।

निर्वाचन आयोगले क्षेत्र नं २ का लागि मुख्य निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेललाई नियुक्त गरिएको जनाउँदै उनले क्षेत्र नं १ मा सर्वोच्च अदालतका विकासकुमार रजक र क्षेत्र नं ३ मा वन तथा वातावरण मन्त्रालयका उपसचिव बालकृष्ण निरौलालाई नियुक्त गरिएको बताए।

चितवनमा यसपटक कुल मतदाता चार लाख ४२ हजार ८२ जना रहेका छन् । गत भदौमा भएको जेनजी प्रदर्शनपछि २० हजार ६९० जना मतदाता थपिएका निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।