नेभिगेशन
मुख्य समाचार

संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको काँग्रेस महाधिवेशन पक्षधरको आरोप

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पक्षले विशेष महाधिवेशन राखेकै दिन काँग्रेस केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय समितिका नाममा र युवा भेला भनेर केन्द्रीय कार्यालयमा अर्को एउटा भेला आयोजना गरेर कांग्रेसका कार्यकर्ताबीच मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको हो ।

CG

विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफुहरुको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरुले आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु सिवाकोटीले विशेष महाधिवेशन पक्षले पार्टी कार्यालय कव्जा गर्छन् भन्ने लागेर युवा भेला बोलाइएको हो भने त्यस्तो खालको बालहटको काम आफुहरुबाट नहुने बताए । उनले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई खारेज गरिएको उल्लेख गरे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा उपस्थितिका लागि सहभागिताका लागि आग्रह गर्नुभएको अवस्थामा पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढेको उनले बताए । पुष २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न सो पक्षले काठमाडौंको भृकुटिमण्डपमा समेत तयारी गरेको छ । भृकुटिमण्डपभित्र पार्टीको झण्डा राख्नेदेखि महाधिवेशन स्थल निर्माणका लागि काम भइरहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

“अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ”, उनले भने, “सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध...
मन्त्रीबाट राजीनामा दिएपछि रवि लामिछानेसँग कुलमानको ३ घण्टा  वार्ता: के भयो छलफल ?

मन्त्रीबाट राजीनामा दिएपछि रवि लामिछानेसँग कुलमानको ३ घण्टा वार्ता: के भयो छलफल ?

उज्यालो नेपाललाई केन्द्रीय समितिमा समाहित गर्न सदस्यसँख्यामा विवाद भएको भनिए पनि लामिछाने र घिसिङले यसलाई समाधान गरेको जनाइएको छ । स्रोतका अनुसार पूर्व सहमति अनुरूप नै अघि बढ्ने...
भद्रकालीमा निर्वाचन प्रहरी बन्न फाराम भर्ने युवाहरुको लाइन (तस्बिरहरु)

भद्रकालीमा निर्वाचन प्रहरी बन्न फाराम भर्ने युवाहरुको लाइन (तस्बिरहरु)

निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि रु ३४ हजार ७७६ पाउनेछन् । निर्वाचन प्रहरीलाई सम्बन्धित...
स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

“वृत्तचित्र सुरु गर्दा सामान्य मान्छेको असामान्य यात्रा भनेर सुरुआत गरेका थियौँ, तर उज्ज्वल दाइले गर्नुभएको कार्य कुनै सामान्य मान्छेले गर्न सक्दैन, उहाँको भौतिक शरीर हामीसँग नभए पनि उहाँको...

भर्खरै