नेभिगेशन
समाज

संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको काँग्रेस महाधिवेशन पक्षधरको आरोप

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पक्षले विशेष महाधिवेशन राखेकै दिन काँग्रेस केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय समितिका नाममा र युवा भेला भनेर केन्द्रीय कार्यालयमा अर्को एउटा भेला आयोजना गरेर कांग्रेसका कार्यकर्ताबीच मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको हो ।

Ncell
Extreme Energy

विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफुहरुको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरुले आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु सिवाकोटीले विशेष महाधिवेशन पक्षले पार्टी कार्यालय कव्जा गर्छन् भन्ने लागेर युवा भेला बोलाइएको हो भने त्यस्तो खालको बालहटको काम आफुहरुबाट नहुने बताए । उनले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई खारेज गरिएको उल्लेख गरे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा उपस्थितिका लागि सहभागिताका लागि आग्रह गर्नुभएको अवस्थामा पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढेको उनले बताए । पुष २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न सो पक्षले काठमाडौंको भृकुटिमण्डपमा समेत तयारी गरेको छ । भृकुटिमण्डपभित्र पार्टीको झण्डा राख्नेदेखि महाधिवेशन स्थल निर्माणका लागि काम भइरहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।