नेभिगेशन
समाज

लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग

काठमाडौँ । लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेका हुन् । स्वतन्त्र चूनाव चिन्ह लौरोलाई काठमाडौं महानगर प्रमुख बालेन शाहले राजनीतिक बार्गेनिङको हतियारका रुपमा प्रयोग गरेको देखिएको उनीहरुको आरोप छ ।

Ncell
Extreme Energy

रास्वपमा प्रवेश गरेसंगै लौरो चुनाव चिह्न बालेनको हुन नसक्ने भएकाले उक्त चूनाव चिन्ह स्वतन्त्र समूहलाई सम्मानजनक रुपमा फिर्ता गर्न माग गरिएको लौरो अभियानका डम्बर साहुले बताए  । उनले लौरो चूनाव चिन्ह स्वतन्त्रहरुको प्रतीक मात्र नभई आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिर समेत भएको उल्लेख गरे ।

उनीहरुले लौरो अभियान वा लौरो चूनाव चिन्हलाई व्यक्तिवादी कव्जा र सौदावाजीबाट मुक्त राख्न कुनै पनि मूल्य चूकाउन तयार रहेको धारणा राखेका छन् । एक साताभित्र उक्त चूनाव चिन्ह फिर्ता नभए बालेन शाहको घर/कार्यालयको गेटमा नै विरोध तथा धर्नाका कार्यक्रम गरि उनीहरुले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।