नेभिगेशन
मुख्य समाचार

लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग

काठमाडौँ । लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेको छ ।

उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेका हुन् । स्वतन्त्र चूनाव चिन्ह लौरोलाई काठमाडौं महानगर प्रमुख बालेन शाहले राजनीतिक बार्गेनिङको हतियारका रुपमा प्रयोग गरेको देखिएको उनीहरुको आरोप छ ।

CG

रास्वपमा प्रवेश गरेसंगै लौरो चुनाव चिह्न बालेनको हुन नसक्ने भएकाले उक्त चूनाव चिन्ह स्वतन्त्र समूहलाई सम्मानजनक रुपमा फिर्ता गर्न माग गरिएको लौरो अभियानका डम्बर साहुले बताए  । उनले लौरो चूनाव चिन्ह स्वतन्त्रहरुको प्रतीक मात्र नभई आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिर समेत भएको उल्लेख गरे ।

उनीहरुले लौरो अभियान वा लौरो चूनाव चिन्हलाई व्यक्तिवादी कव्जा र सौदावाजीबाट मुक्त राख्न कुनै पनि मूल्य चूकाउन तयार रहेको धारणा राखेका छन् । एक साताभित्र उक्त चूनाव चिन्ह फिर्ता नभए बालेन शाहको घर/कार्यालयको गेटमा नै विरोध तथा धर्नाका कार्यक्रम गरि उनीहरुले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

“अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ”, उनले भने, “सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध...
मन्त्रीबाट राजीनामा दिएपछि रवि लामिछानेसँग कुलमानको ३ घण्टा  वार्ता: के भयो छलफल ?

मन्त्रीबाट राजीनामा दिएपछि रवि लामिछानेसँग कुलमानको ३ घण्टा वार्ता: के भयो छलफल ?

उज्यालो नेपाललाई केन्द्रीय समितिमा समाहित गर्न सदस्यसँख्यामा विवाद भएको भनिए पनि लामिछाने र घिसिङले यसलाई समाधान गरेको जनाइएको छ । स्रोतका अनुसार पूर्व सहमति अनुरूप नै अघि बढ्ने...
भद्रकालीमा निर्वाचन प्रहरी बन्न फाराम भर्ने युवाहरुको लाइन (तस्बिरहरु)

भद्रकालीमा निर्वाचन प्रहरी बन्न फाराम भर्ने युवाहरुको लाइन (तस्बिरहरु)

निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि रु ३४ हजार ७७६ पाउनेछन् । निर्वाचन प्रहरीलाई सम्बन्धित...
स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

स्वर्गीय उज्ज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ प्रदर्शनमा

“वृत्तचित्र सुरु गर्दा सामान्य मान्छेको असामान्य यात्रा भनेर सुरुआत गरेका थियौँ, तर उज्ज्वल दाइले गर्नुभएको कार्य कुनै सामान्य मान्छेले गर्न सक्दैन, उहाँको भौतिक शरीर हामीसँग नभए पनि उहाँको...

भर्खरै