नेभिगेशन
मुख्य समाचार

लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । लुटपाट तथा चोरीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२ का सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका–५ घर भइ जिल्ला काठमाडौंको टोखा बस्दै आएका राजु गुरुङ र ललितपुरको ललितपुर महानगरपालिका–७ का सुवास मगर रहेको प्रहरीले जनाएको छ ।

CG

उनीहरुले मंगलबार बिहान ११ बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ९ सिनामंगल गोल्डेनगेट अगाडीबाट बसमा चढी काठमाडौंको मित्रपार्क जाने क्रममा एक युवकको साथमा रहेको दुई लाख ७५ हजार लुटिएको र बुधबार बसमा यात्रा गर्ने क्रममा काठमाडौंको सिनामंगलबाट एक महिलाको सुनको सिक्री हराएको थियो ।

सोही सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुधबार काठमाडौं महानगरपालिका ८ तिलगंगाबाट उक्त कार्यमा संलग्न रहेको खुल्न आएकाले उनीहरु चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाजरकोटमा जिप दुर्घटनामा, २ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटनामा, २ जनाको मृत्यु

छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को  डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर...
वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

सो अवसरमा उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरे ।
सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

बिहीबार नेपाल आइपुगेका उनले शुक्रबार पशुपति नाथको दर्शन गरेका छन् ।
‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

“अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ”, उनले भने, “सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध...