नेभिगेशन
समाज

लुटपाट तथा चोरीमा संलग्न आरोपमा काठमाडौँबाट चार जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । लुटपाट तथा चोरीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२ का सरोज खड्का, काभ्रेपलान्चोक महाभारत गाउँपालिका–७ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका–५ घर भइ जिल्ला काठमाडौंको टोखा बस्दै आएका राजु गुरुङ र ललितपुरको ललितपुर महानगरपालिका–७ का सुवास मगर रहेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

उनीहरुले मंगलबार बिहान ११ बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ९ सिनामंगल गोल्डेनगेट अगाडीबाट बसमा चढी काठमाडौंको मित्रपार्क जाने क्रममा एक युवकको साथमा रहेको दुई लाख ७५ हजार लुटिएको र बुधबार बसमा यात्रा गर्ने क्रममा काठमाडौंको सिनामंगलबाट एक महिलाको सुनको सिक्री हराएको थियो ।

सोही सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुधबार काठमाडौं महानगरपालिका ८ तिलगंगाबाट उक्त कार्यमा संलग्न रहेको खुल्न आएकाले उनीहरु चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

भारी वर्षा: कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर उच्च जोखिममा, प्रशासनले जारी गर्यो अलर्ट

बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका १४० घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

‘युद्धका हतियार समयमै पुग्छन्, किसानका लागि मल र इन्धन किन पुग्दैन?’

प्रधानमन्त्री बालेन शाहले युद्धका लागि हतियार सहजै विश्वका विभिन्न ठाउँमा पुग्ने भए पनि किसानका लागि मल र इन्धनको आपूर्ति सहज हुन नसकेको भन्दै प्रश्न उठाएका छन्।
कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता, विद्यालयमा बिदा

भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा पूर्वसचेतना अभियान सञ्चालन गरिएको छ ।