नेभिगेशन
मुख्य समाचार

रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचका लागि प्रक्रियामा सहभागी नै नभई  आफूखुसी सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्देशन दिएको छ । 

रास्वपाबाट उम्मेदवारका आंकक्षीहरुले उम्मेदवारीका लागि पार्टीले अपनाएको प्रक्रियामा सहभागी नै नभई सामाजिक सञ्जालमा उम्मेदवारकारुपमा प्रचार गरेको पाइएपछि सञ्जालबाट त्यस्ता सामाग्री हटाउन तथा नराख्न निर्देशन दिएको हो । 

CG

उम्मेदवार छनोट समितिले सार्वजनिक गरेको सूचनामा भनिएको छ,‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरू मध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिन आएको छ । यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ,’ रास्वपाले भनेको छ, ‘उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिनाफोटो सामाजिक सञ्जालमा एकपटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।’

प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न सकिने रास्वपाले जनाएको छ । 

पार्टीको निर्वाचनसम्बन्धी आचारसंहिता तथा उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सम्बन्धित सदस्यहरूलाई रास्वपाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाजरकोटमा जिप दुर्घटनामा, २ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटनामा, २ जनाको मृत्यु

छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को  डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर...
वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

सो अवसरमा उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरे ।
सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

बिहीबार नेपाल आइपुगेका उनले शुक्रबार पशुपति नाथको दर्शन गरेका छन् ।
‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

“अदृश्य शक्ति होइन, दृश्य शक्ति नै हामी दुई जना हौँ”, उनले भने, “सहयात्रा सहज थिएन । रवि लामिछानेको जेल बसाइ, अदालती प्रक्रिया, प्रमुख बालेनको पारिवारिक शोक, धेरै अवरोध...