नेभिगेशन
समाज

रास्वपाको उम्मेदवार आकांक्षीलाई निर्देशनः सञ्जालमा उम्मेदवारीको आफू खुशी प्रचार नगर्नु, सादा फोटो जनाउ दिनु

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचका लागि प्रक्रियामा सहभागी नै नभई  आफूखुसी सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाबाट उम्मेदवारका आंकक्षीहरुले उम्मेदवारीका लागि पार्टीले अपनाएको प्रक्रियामा सहभागी नै नभई सामाजिक सञ्जालमा उम्मेदवारकारुपमा प्रचार गरेको पाइएपछि सञ्जालबाट त्यस्ता सामाग्री हटाउन तथा नराख्न निर्देशन दिएको हो । 

Ncell
Extreme Energy

उम्मेदवार छनोट समितिले सार्वजनिक गरेको सूचनामा भनिएको छ,‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरू मध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिन आएको छ । यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ,’ रास्वपाले भनेको छ, ‘उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिनाफोटो सामाजिक सञ्जालमा एकपटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।’

प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न सकिने रास्वपाले जनाएको छ । 

पार्टीको निर्वाचनसम्बन्धी आचारसंहिता तथा उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सम्बन्धित सदस्यहरूलाई रास्वपाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।