नेभिगेशन
मुख्य समाचार

काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी र खोला किनारका क्षेत्रमा मापदण्डभन्दा थप २० मिटरको क्षेत्रमा संरचना बनाउन नदिने फैसलाको पुनरावलोकनका लागि परेको मुद्दामा सर्वोच्चले अदालतले नौ वटा दस्तावेज तथा कागजात सात दिनभित्र झिकाउन आदेश गरेकोे छ। 

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मुद्दाको मिसिलसहित नौ वटा कागजात झिकाउन आदेश दिएको हो। यससँगै सर्वोच्चले यस मुद्दालाई शिघ्र टुंग्याउनुपर्ने भनेको छ। 
यस्ता छन् सर्वोच्चले मागेका कागजातः

CG

सर्वोच्चले काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदीहरूको दायाँबायाँ छाड्नुपर्ने दूरीका सम्बन्धमा मन्त्रिपरिषद्को २०६५ मंसिर १ को निर्णयको प्रमाणित प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट महान्यायाधिवक्तामार्फत झिकाउन आदेश । 

काठमाडौँ उपत्यकाको नदीहरूको वहाव क्षेत्र स्पष्ट देखिने २०२१/२२ सालको सर्भे नापी नक्सा नापी विभागबाट झिकाउने आदेश दिएको छ । 

त्यस्तै, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती तथा अन्य सहायक नदीहरूको दायाँबायाँ बनाइएका सडकको सीमा के कति निर्धारण गरिएको छ भन्ने आधार कागजात सडक विभाग वा काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यालयबाट सडक सीमाको नाप देखिने यकीन विवरण र नक्सासमेत झिकाउने आदेश दिएको छ । 

यस्तै सर्वोच्चले नदी किनारको तटबन्ध र वा टेवा पर्खालबारे पनि प्रश्न गरेको छ। कति दूरीमा तटबन्ध वा टेवा पर्खाल निर्माण गरिएको छ र त्यस सम्बन्धी कुनै मापदण्ड वा निर्णय भएमा त्यसको विवरण पनि सम्बन्धित निकायबाट अदालतमा उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ। 

यस्तै, मुख्य तथा सहायक नदीहरूको किनाराको सीमांकन कायम गर्ने सम्बन्धी मापदण्डबारे पनि सर्वोच्चले सोचेको छ। कुनै मापदण्ड वा अन्य कामकारबाही वा निर्ण भएमा त्यसको अद्यावधिक जानकारी बामगती सभ्यता एकीकृत किवास समितिको कार्यालयबाट मगाउन आदेश दिएको छ। 

यससँगै नदी तथा खोलाको मापदण्डभन्दा थप २० मिटरमा संचरना बनाउन नदिने भएको आदेश कार्यान्वयनको अवस्थाबारे पनि सोधेको छ। आदेश कार्यान्वयनका लागि भएका अध्ययन वा कामकारबाहीको अद्यावधिक अवस्थाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जानकारी लिन भनिएको छ। 

सर्वोच्चले यसअघि भएका आदेश कार्यान्वयन तथा अनुगमन सम्बन्धी फाइल अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट झिकाउन पनि आदेश दिएको छ। 

यो मुद्दालाई सर्वोच्चले शिघ्र किनारा लागउनुपर्ने भन्दै सबै कागजात तथा दस्तावेज सात दिनभित्र झिकाउन भनेको छ। त्यससँगै माघ ४ गते अर्को पेशी चढाउन भनेको छ। 

सर्वोच्चले यसअघि २०८० पुस ३ गते बागमती र यसका सहायक नदीमा बढ्दो प्रदूषण र अतिक्रमण हटाउन भन्दै थप मापदण्ड तोक्ने गरी परमादेश जारी गरेको थियो।  

aadesha-1767880703.jpg

aadeshaaa-1767880872.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा उपसभापति डीपी अर्याल काठमाडौँ ९ बाट चुनाव लड्ने

रास्वपा उपसभापति डीपी अर्याल काठमाडौँ ९ बाट चुनाव लड्ने

रास्वपा काठमाडौँ जिल्ला क्षेत्रिय निर्वाचन समितिले उक्त निर्णय गरेर अहिले पार्टी केन्द्रिय कार्यालयलाई जानकारीका लागि जाँदै गरेको सिधाकुरालाई जानकारी दियो । ‘काठमाडौँ ९ बाट केन्द्रिय नेता डोलप्रसाद अर्याललाई...
जाजरकोटमा जिप दुर्घटनामा, २ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटनामा, २ जनाको मृत्यु

छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को  डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर...
वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

सो अवसरमा उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरे ।
सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

सञ्जय दत्तले गरे पशुपतिनाथको दर्शन (तस्बिरहरु)

बिहीबार नेपाल आइपुगेका उनले शुक्रबार पशुपति नाथको दर्शन गरेका छन् ।