नेभिगेशन
समाज

काठमाडौँका नदी-कोरिडोर र २० मिटर सीमाबारे ९ वटा विवरण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी र खोला किनारका क्षेत्रमा मापदण्डभन्दा थप २० मिटरको क्षेत्रमा संरचना बनाउन नदिने फैसलाको पुनरावलोकनका लागि परेको मुद्दामा सर्वोच्चले अदालतले नौ वटा दस्तावेज तथा कागजात सात दिनभित्र झिकाउन आदेश गरेकोे छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मुद्दाको मिसिलसहित नौ वटा कागजात झिकाउन आदेश दिएको हो। यससँगै सर्वोच्चले यस मुद्दालाई शिघ्र टुंग्याउनुपर्ने भनेको छ। 
यस्ता छन् सर्वोच्चले मागेका कागजातः

Ncell
Extreme Energy

सर्वोच्चले काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदीहरूको दायाँबायाँ छाड्नुपर्ने दूरीका सम्बन्धमा मन्त्रिपरिषद्को २०६५ मंसिर १ को निर्णयको प्रमाणित प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट महान्यायाधिवक्तामार्फत झिकाउन आदेश । 

काठमाडौँ उपत्यकाको नदीहरूको वहाव क्षेत्र स्पष्ट देखिने २०२१/२२ सालको सर्भे नापी नक्सा नापी विभागबाट झिकाउने आदेश दिएको छ । 

त्यस्तै, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती तथा अन्य सहायक नदीहरूको दायाँबायाँ बनाइएका सडकको सीमा के कति निर्धारण गरिएको छ भन्ने आधार कागजात सडक विभाग वा काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यालयबाट सडक सीमाको नाप देखिने यकीन विवरण र नक्सासमेत झिकाउने आदेश दिएको छ । 

यस्तै सर्वोच्चले नदी किनारको तटबन्ध र वा टेवा पर्खालबारे पनि प्रश्न गरेको छ। कति दूरीमा तटबन्ध वा टेवा पर्खाल निर्माण गरिएको छ र त्यस सम्बन्धी कुनै मापदण्ड वा निर्णय भएमा त्यसको विवरण पनि सम्बन्धित निकायबाट अदालतमा उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भनेको छ। 

यस्तै, मुख्य तथा सहायक नदीहरूको किनाराको सीमांकन कायम गर्ने सम्बन्धी मापदण्डबारे पनि सर्वोच्चले सोचेको छ। कुनै मापदण्ड वा अन्य कामकारबाही वा निर्ण भएमा त्यसको अद्यावधिक जानकारी बामगती सभ्यता एकीकृत किवास समितिको कार्यालयबाट मगाउन आदेश दिएको छ। 

यससँगै नदी तथा खोलाको मापदण्डभन्दा थप २० मिटरमा संचरना बनाउन नदिने भएको आदेश कार्यान्वयनको अवस्थाबारे पनि सोधेको छ। आदेश कार्यान्वयनका लागि भएका अध्ययन वा कामकारबाहीको अद्यावधिक अवस्थाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जानकारी लिन भनिएको छ। 

सर्वोच्चले यसअघि भएका आदेश कार्यान्वयन तथा अनुगमन सम्बन्धी फाइल अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट झिकाउन पनि आदेश दिएको छ। 

यो मुद्दालाई सर्वोच्चले शिघ्र किनारा लागउनुपर्ने भन्दै सबै कागजात तथा दस्तावेज सात दिनभित्र झिकाउन भनेको छ। त्यससँगै माघ ४ गते अर्को पेशी चढाउन भनेको छ। 

सर्वोच्चले यसअघि २०८० पुस ३ गते बागमती र यसका सहायक नदीमा बढ्दो प्रदूषण र अतिक्रमण हटाउन भन्दै थप मापदण्ड तोक्ने गरी परमादेश जारी गरेको थियो।  

aadesha-1767880703.jpg

aadeshaaa-1767880872.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।