नेभिगेशन
समाज

बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

काठमाडौँ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमको लागि आमन्त्रण नगरेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थाले एक विज्ञप्ती जारी गर्दै आफ्नो संस्थाको नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरु भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको संस्थाले जनाएको छ । 

Ncell
Extreme Energy

‘गैरआवासीय नेपाली संघ अमेरिका (NRNA NCC USA) को नाममा अनधिकृत कार्यक्रम सज्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ । यस्ता गतिविधिहरू NRNA NCC USA को जानकारी, स्वीकृति तथा आधिकारिक निर्णय बिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम, भ्क्ष्ल् नम्बर तथा वेबसाइटको दुरुपयोग गरी सज्चालन गरिरहेका छन्।’ विज्ञप्तीमा भनिएको छ । 

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकामा कानुनी रुपमा दर्ता भएको र संस्थाको नाम, इआइएन तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठाको जोखिम उत्पन्न हुन सक्ने भएकाले विज्ञप्तीमार्फत धारण सार्वजनिक गर्न भएको बताइएको छ । 

विज्ञप्तीमा उक्त संस्थाबाट आधिकारिक रुपमा खेलकुद मन्त्रीलाई कुनैपनि कार्यक्रममा आमन्त्रण नगरिएको प्रस्ट पारिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। साथै, NRNA NCC USA को तर्फबाट अमेरिकामा कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।’ 

संस्थाले नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने बताएको छ । 

NRNA-NCC-USA-1767935771.jpg
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।