नेभिगेशन
समाज

अमेरिका भ्रमणका नाममा म माथि राजनीति भयो: मन्त्री गुप्ता

'भिसा लिएको छैन, टिकट लिएको छैन, माघ ३ गते कार्यक्रम भन्या छ-यता ६ गते उम्मेदवारी दर्ताको दिन छ, खाली विवाद मात्रै गराए ।'

काठमाडौँ । अमेरिका भ्रमणका विषयमा एनआरएनए अमेरिकाका दुई समूहले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आफू माथि राजनीति गर्न खोजेको युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले  गुनासो गरेका छन् ।
माघ ३ गते गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले आयोजन गर्न लागेको 'रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन' सम्बन्धी कार्यक्रमका लागि मन्त्री गुप्ताको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । 
भ्रमण स्वीकृत भएपछि एनआरएनए अमेरिकाका फरक फरक समूहले फरक फरक विज्ञप्ति निकालेका थिए । 'धेरै कार्यक्रमका लागि निमन्त्रणा आएका थिए, अरू भिसा, टिकटको प्रक्रिया गर्नु अघि  मन्त्रिपरिषद्मा स्वीकृत गराएको हो, अहिले के के हो के के विवाद निकालेका छन्,अमेरिकाका भ्रमणको बहानामा म माथि राजनीति गरे', मन्त्री गुप्ताले सिधाकुरासँग भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफू अब अमेरिका जाने नजाने भन्ने विषयमा स्पष्ट नभएको उल्लेख गर्दै भने,'भिसा लिएको छैन, टिकट लिएको छैन, माघ ३ गते कार्यक्रम भन्या छ यता ६ गते उम्मेदवारी दर्ताको दिन छ खाली विवाद मात्रै गराए । '

Ncell
Extreme Energy

साथै उनले एनआरएनए अमेरिकाको विवादको शिकार आफू भएको भन्दै गुनासो गरे । विवाद चर्किएपछि एनआरएनए स्टेरिङ कमिटीका बद्री केसी, महेश श्रेष्ठ लगायत एनआरएनएका नेताहरू मन्त्रालयमै पुगेर माफी मागेका छन् । 


मन्त्री गुप्ताले भने,'एनआरएनएका केन्द्रीय नेताहरू मन्त्रालयमा आएर एनआरएनए अमेरिकाबाट गल्ती भएकाले आजै सच्याएर संयुक्त विज्ञप्ति निकाल्ने भन्नु भएको छ, हेरौँ के हुन्छ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।