नेभिगेशन
मुख्य समाचार

अमेरिका भ्रमणका नाममा म माथि राजनीति भयो: मन्त्री गुप्ता

'भिसा लिएको छैन, टिकट लिएको छैन, माघ ३ गते कार्यक्रम भन्या छ-यता ६ गते उम्मेदवारी दर्ताको दिन छ, खाली विवाद मात्रै गराए ।'

काठमाडौँ । अमेरिका भ्रमणका विषयमा एनआरएनए अमेरिकाका दुई समूहले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आफू माथि राजनीति गर्न खोजेको युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले  गुनासो गरेका छन् ।
माघ ३ गते गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले आयोजन गर्न लागेको 'रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन' सम्बन्धी कार्यक्रमका लागि मन्त्री गुप्ताको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । 
भ्रमण स्वीकृत भएपछि एनआरएनए अमेरिकाका फरक फरक समूहले फरक फरक विज्ञप्ति निकालेका थिए । 'धेरै कार्यक्रमका लागि निमन्त्रणा आएका थिए, अरू भिसा, टिकटको प्रक्रिया गर्नु अघि  मन्त्रिपरिषद्मा स्वीकृत गराएको हो, अहिले के के हो के के विवाद निकालेका छन्,अमेरिकाका भ्रमणको बहानामा म माथि राजनीति गरे', मन्त्री गुप्ताले सिधाकुरासँग भने । 

उनले आफू अब अमेरिका जाने नजाने भन्ने विषयमा स्पष्ट नभएको उल्लेख गर्दै भने,'भिसा लिएको छैन, टिकट लिएको छैन, माघ ३ गते कार्यक्रम भन्या छ यता ६ गते उम्मेदवारी दर्ताको दिन छ खाली विवाद मात्रै गराए । '

CG

साथै उनले एनआरएनए अमेरिकाको विवादको शिकार आफू भएको भन्दै गुनासो गरे । विवाद चर्किएपछि एनआरएनए स्टेरिङ कमिटीका बद्री केसी, महेश श्रेष्ठ लगायत एनआरएनएका नेताहरू मन्त्रालयमै पुगेर माफी मागेका छन् । 


मन्त्री गुप्ताले भने,'एनआरएनएका केन्द्रीय नेताहरू मन्त्रालयमा आएर एनआरएनए अमेरिकाबाट गल्ती भएकाले आजै सच्याएर संयुक्त विज्ञप्ति निकाल्ने भन्नु भएको छ, हेरौँ के हुन्छ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि...
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–...