नेभिगेशन
सबै कुरा

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेका अनुसार फलाई दुबईको विमानबाट काठमाडौँ आएका इजिप्ट र सुडानका नागरिकबाट साढे ६ किलो सुन बरामद भएको छ ।

उनीहरुले अर्धठोस अवस्थामा हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।

City Express

गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए । चेकजाँचको क्रममा उनीहरु राति १२ः४५ बजे पक्राउ परेका थिए ।

सुन सहित पक्राउ परेको विदेशीलाई अहिले गौशाला  प्रहरी  वृतमा लगिएको छ । दुई दिन  अघि मात्रै १४ किलो सुन बोकर आउँदै गरेको गोरखाका चन्द्र घले पक्राउ परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।