नेभिगेशन
मुख्य समाचार

विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको कांग्रेस संस्थापन पक्षको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयमता अपनाउन देशभरका पार्टीपङ्ती समक्ष आह्वान गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौँमा बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै एकतालाई बचाउनका लागि संयमता अपनाउन आह्वान गर्ने निर्णय गरेको हो ।

CG

पार्टीमा देखिएको दुईधारले पार्टी कमजोर हुने र कमजोर कांग्रेस, विभाजित कांग्रेसले लोकतन्त्र र राष्ट्रियता धान्न नसक्ने भएकाले सचेत रहनका लागि देशभरिका नेता तथा कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । 

उनले इतिहासको मोडमा कांग्रेस अत्यन्त पेचिलो ठाउँमा प्रवेश गरेको र पार्टीभित्र विभाजन गर्न चाहने, पार्टी कमजोर गराउन चाहने तत्वहरू पनि त्यति नै सक्रिय भएको बताए । अहिले राष्ट्रिय अस्मितामाथि पनि काला बादल मडारिने संकेत देखिएकाले त्यतातिर पनि ध्यान दिएर पार्टी एकता जोगाउनुपर्ने उनले बताए । 

बरालले मुठभेड नभइ एकताका लागि बल पुगोस् भनेर नेता कार्यकर्ताको भेला आयोजना गरिएको उल्लेख गरे । केन्द्रीय सभापति र केन्द्रीय नेतृत्व फेरेर मात्र सबै समस्याको समाधान नहुने भन्दै उनले परिवर्तित परिस्थिति अनुसार तल्लो तहदेखि नेता–कार्यकर्तालाई पार्टीमा जोडेर ल्याउनुपर्ने धारणा राखे ।

उनले पार्टीभित्र देखिएको दुईवटै मतहरुलाई तालमेल गरेर समायोजनको बिन्दुको प्रयास जारी रहेको बताए । मध्य बिन्दुको प्रस्ताव अझै बाँकी रहेकाले सशक्त कांग्रेस निर्माण गरेरै छाड्ने उनको भनाइ छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि...
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–...