नेभिगेशन
समाज

विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको कांग्रेस संस्थापन पक्षको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयमता अपनाउन देशभरका पार्टीपङ्ती समक्ष आह्वान गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौँमा बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै एकतालाई बचाउनका लागि संयमता अपनाउन आह्वान गर्ने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

पार्टीमा देखिएको दुईधारले पार्टी कमजोर हुने र कमजोर कांग्रेस, विभाजित कांग्रेसले लोकतन्त्र र राष्ट्रियता धान्न नसक्ने भएकाले सचेत रहनका लागि देशभरिका नेता तथा कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । 

उनले इतिहासको मोडमा कांग्रेस अत्यन्त पेचिलो ठाउँमा प्रवेश गरेको र पार्टीभित्र विभाजन गर्न चाहने, पार्टी कमजोर गराउन चाहने तत्वहरू पनि त्यति नै सक्रिय भएको बताए । अहिले राष्ट्रिय अस्मितामाथि पनि काला बादल मडारिने संकेत देखिएकाले त्यतातिर पनि ध्यान दिएर पार्टी एकता जोगाउनुपर्ने उनले बताए । 

बरालले मुठभेड नभइ एकताका लागि बल पुगोस् भनेर नेता कार्यकर्ताको भेला आयोजना गरिएको उल्लेख गरे । केन्द्रीय सभापति र केन्द्रीय नेतृत्व फेरेर मात्र सबै समस्याको समाधान नहुने भन्दै उनले परिवर्तित परिस्थिति अनुसार तल्लो तहदेखि नेता–कार्यकर्तालाई पार्टीमा जोडेर ल्याउनुपर्ने धारणा राखे ।

उनले पार्टीभित्र देखिएको दुईवटै मतहरुलाई तालमेल गरेर समायोजनको बिन्दुको प्रयास जारी रहेको बताए । मध्य बिन्दुको प्रस्ताव अझै बाँकी रहेकाले सशक्त कांग्रेस निर्माण गरेरै छाड्ने उनको भनाइ छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।