नेभिगेशन
समाज

कांग्रेस विशेष महाधिवेशनः उद्घाटन समारोहमा बिभिन्न ६ स्थानबाट र्याली निकालिने

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवशेन पक्षधरले उद्घाटन समारोहमा बिभिन्न ६ स्थानबाट र्यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस विशेष महाधिवेशनका सन्दर्भमा गठन भएको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकता र्यालीसहित महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको हो । 

Ncell
Extreme Energy

सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पुरा भएको उनले बताए । उनले उद्घाटन सत्रमा पार्टीका सभापति लगाएतका नेताहरु उपस्थित हुने विश्वास व्यक्त गरे । 

केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरुले पनि आफ्नो तयारी अन्तिम चरणमा पुराएको बताए । कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८  गते भृकुटिमण्डपमा विशेष महाधिवशेन आयोजना गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।