नेभिगेशन
मुख्य समाचार

कांग्रेस विशेष महाधिवेशनः उद्घाटन समारोहमा बिभिन्न ६ स्थानबाट र्याली निकालिने

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवशेन पक्षधरले उद्घाटन समारोहमा बिभिन्न ६ स्थानबाट र्यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको छ । 

कांग्रेस विशेष महाधिवेशनका सन्दर्भमा गठन भएको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकता र्यालीसहित महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको हो । 

CG

सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पुरा भएको उनले बताए । उनले उद्घाटन सत्रमा पार्टीका सभापति लगाएतका नेताहरु उपस्थित हुने विश्वास व्यक्त गरे । 

केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरुले पनि आफ्नो तयारी अन्तिम चरणमा पुराएको बताए । कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८  गते भृकुटिमण्डपमा विशेष महाधिवशेन आयोजना गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि...
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–...