नेभिगेशन
मुख्य समाचार

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुर । उदयपुरमा प्रहरीले ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो करिब ३ः३० बजे त्रियुगा नगरपालिका–१० स्थित बोक्सेचोक नजिकबाट लागू औषधसहित एक जनालाई पक्राउ गरेको हो । 

लागू औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा त्रियुगा नगरपालिका–९ रातमाटे निवासी ‘रेम्बो’ भन्ने ३२ वर्षीय जहान सिंह खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

CG

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ, एक थान मोबाइल फोन, सुन जस्तो देखिने चन्द्रमा एक थान र एक थान औँठी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि...
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–...
चुनावी अभियानका लागि रास्वपाले माग्यो ३२१ जना कर्मचारी

चुनावी अभियानका लागि रास्वपाले माग्यो ३२१ जना कर्मचारी

रास्वपाले चुनावी अभियानका लागि रणनीतिक विश्लेषक, अनुसन्धानकर्तादेखि, प्रचारप्रसारका कन्टेन्ट क्रिएटरहरू समेत माग गरेको छ।