नेभिगेशन
समाज

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन् । आज बिहान शुक्लागण्डकी–५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला परेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने दुईको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । पहिचान खुल्नेमा शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार विक सोही प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ग्रिन रोड प्रालिका कर्मचारी हुन् । 

Ncell
Extreme Energy

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै टहरा बनाएर बस्नेमध्ये एक जना पुरुषको शव फेला परेको थियो । 

“सोही टहरामा पुरुषसँगै बस्दै आएकी एक महिला हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा दिउँसो १२ः०० बजेतिर दुई पुरुषको शव भेटिएको स्थानभन्दा करिब ७०० मिटर टाढा जनकल्याण माविको पछाडि कसेरीघाटको जङ्गलमा महिलाको पनि शव फेला परेको हो”, प्रहरी नायब उपरीक्षक विकले भने ।

शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार शवको प्रकृति अत्यन्तै बीभत्स भएको बताए । उनका अनुसार मृतक नारायण विक र अर्का एक पुरुषको पेटमा धारिलो हतियार प्रहार गरिएको छ भने महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । 

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा एक टोली र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली घटनास्थलमा खटिएको छ । शवपरीक्षणका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको छ । घटनाले स्थानीय त्रसित बनेका छन् भने प्रहरीले अपराधी उम्कन नपाउने गरी नाकाहरूमा निगरानी बढाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट यो नियोजित हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ । “घटनास्थलमा तालिम प्राप्त कुकुर र फरेन्सिक टोली परिचालन गरेर सूक्ष्म अनुसन्धान गरिरहेका छौँ । मृतक दुई जनाको पहिचान खुल्न बाँकी छ, उनीहरू कवाडी सङ्कलनको काम गर्ने बुझिएको छ । हामीले शङ्कास्पद व्यक्तिको खोजी र प्राविधिक विश्लेषणलाई तीव्रता दिएका छौँ, छिट्टै सत्यतथ्य बाहिर ल्याउनेछौँ”, प्रहरी नायब उपरीक्षक विकले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।