नेभिगेशन
सबै कुरा

काटेर थुपारेको धानको थुप्रोमा अज्ञात समूहद्धारा आगजनी

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा भित्र्याउन ठिक्क पारेको धानमा अज्ञात समूहले आगजनी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको फतुवा विजयपुर – २ का किसान लक्ष्मी नारायण यादवको पौने २ बिगाह खेतमा लगाएको धान शनिबार राती ९ बजेतिर आगो लगाएर पुर्ण रुपमा नष्ट पारिदिएका छन् । आगलागीबाट सबै धान जलेर खरानी भएको किसान यादवले बताए । 

Ncell
Extreme Energy

खेतको धान एकै ठाउँ थुपारेर आइतबार थ्रेसर लगाउने तयारीमा रहेका किसान यादबको धानमा पेट्रोल छर्किएर आगो लगाइएको यादवको भनाइ छ । 

आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको छ । घटनाको बारेमा प्रहरीलाई जानकारी गराइसकेको र दोषीलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन उनले माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित २० जना पक्राउ

लागुऔषधसहित २० जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक/एक जना पक्राउ परेका हुन् ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका–८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् ।
‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं  प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू ‘अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे’ भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दुःख हैरानी...
बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

सिआइबीका प्रवक्ता एसएसपी  अनुपम शमशेर जबराले बालमन्दिरको जग्गा अनाधिकृतरुपमा भाडा लगाइएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए ।