नेभिगेशन
मुख्य समाचार

एमाले सचिव महेश बस्नेतले मागे माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार जनकपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा बालेन शाहले ‘म मधेशको छौरो’ भनेको विषयमा तिब्र आलोचना गरेका नेकपा एमालेका सचिव महेश बस्नेतले माफी मागेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुक आईडीमार्फत उनले सो विषयमा माफी मागेका हुन । उनले भनेका छन्, ‘बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ।

CG

म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ।’ आफुले नबोलेको विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गरेका छन् । त्यस्तै उनले भने, ‘कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।’ त्यस्तै बालेको सो भनाई प्रति मंगलबार उनी निकै आलोचनामा उत्रिएपछि बस्नेतको सर्बत्र विरोध र आलोचना सुरुभएको थियो ।  बालेनमाथि महेश बस्नेतको असहिष्णु टिप्पणीले मधेशमा चिन्ता, एमाले नेता अरविन्दकै कडा विरोध

Screenshot-(76)-1769066673.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फागुन पहिलो साताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने गरी कार्य हुदैछः निर्वाचन आयोग

फागुन पहिलो साताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने गरी कार्य हुदैछः निर्वाचन आयोग

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने बताएका छन् । त्यस्तै समानुपातीकतर्फ डेड करोड मतपत्र छपाई भइसकेको र...
अराजकताको आयू लामो हुँदैन: एमाले अध्यक्ष ओली

अराजकताको आयू लामो हुँदैन: एमाले अध्यक्ष ओली

बिहिबार झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउने बताएका...
प्रतिनिधिसभा उम्मेदवारमाथि परेको उजुरीमा आयोग जाँचबुझ गर्दै

प्रतिनिधिसभा उम्मेदवारमाथि परेको उजुरीमा आयोग जाँचबुझ गर्दै

उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । यो क्रम बिहीबार बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।...
पाँचथरको फिदिम पुगेर बालेन शाहले घण्टी बजाएपछि...(तस्बिरहरु)

पाँचथरको फिदिम पुगेर बालेन शाहले घण्टी बजाएपछि...(तस्बिरहरु)

झापा ५ बाट चुनावी मैदानमा होमीएका शाह बिहीबार इलाम हुदै पाँच्थर पुगेका हुन । रास्वपाका वरिष्ट नेता शाह आफ्ना उम्मेदवारको समर्थन र चुनावी घरदैलो अभियानमा पाँचथरको फिदिम बजार...