नेभिगेशन
मुख्य समाचार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

बागलुङ । हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो ।

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ परियारले बताए ।

CG

नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिबीको सहयताले केही ठाउँको हिउँ हटाएर यात्रुको उद्धार गरिएको उनको भनाइ छ । पातीहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा तत्काल गाडी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रजिअ परियारले बताए । बागलुङ प्रशासन र काठमाडौँ प्रशासनसँग समन्वय गरी केही दिन यो सडकखण्डमा यातायात सञ्चालन नगर्न आग्रह गरेको उनको भनाइ छ ।

उनले भने, “यात्रु अलपत्र परेको खबर पाउनासाथ बिहानैदेखि जिल्ला सुरक्षा समितिको टिमनै फिल्डमा आयौँ र अलपत्र परेका यात्रुको उद्धार गरेका छौँ, पातीहाल्ने क्षेत्रमा बाक्लो हिमपात छ, यहाँ अहिले सडक खुलाउन सक्ने अवस्था छैन, पूर्वी रुकुमबाट काठमाडौँ चल्ने यातायातलाई हामीहरूले उतै रोक्छौँ, बागलुङ तर्फबाट पनि गाडी चल्न नदिनका लागि प्रशासनसँग समन्वय गरेका छौँ ।”

हिउँ नपग्लिदासम्म रुकुम हुँदै काठमाडौँ, पोखरा जाने सवारी साधानले फरक रुटको प्रयोग गर्नुपर्नेछ । बागलुङ खण्डमा पनि दुई फिटभन्दा बढी हिउँ परेको हुँदा यात्रा गर्न नसकिने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए । सडक खुलाउन निसीखोला गाउँपालिकासँग समन्वय भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

वाग्लेले पद पाउन वा हत्याउनका लागि उनले छेडखानी र राजनीतिक बेइमानी गरेनन् । वाग्ले नेता बन्ने रहर र लहडले राजनीतिमा आएका व्यक्ति होइनन् भन्ने उनको विगतले देखाउँछ ।...
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३...