नेभिगेशन
सबै कुरा

कागजात किर्ते गरी विदेश पठाउने गरेको आरोपमा अध्यागमन विभाग र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

काठमाडाैँ : प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन बिभाग र नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यागमन विभागका अधिकृत नरवीर खड्का र नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अर्का पाँचौ तहका कर्मचारी अरविन यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

Ncell
Extreme Energy

उनीहरुले ट्राभल एजेण्टसंग मिलेर नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई एजेन्टको सेटिङमार्फत पैसा लिदालिदै पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।

भिजिट भिसामार्फत अन्य देश जान कम्तीमा १२ कक्षा उतिर्ण भएको प्रमाणपत्र र बैंकमा दुई लाख रुपैया देखाउनुपर्ने भएकाले सोहि अनुसारको नक्कली कागजपत्र बनाउने गरेको पाइएको उनले बताए । 

अध्यामन र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउपरेसंगै अन्य केहि एयरलाइन्समाथि पनि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उक्त प्रकरणमा हालसम्म ३२ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...