नेभिगेशन
सबै कुरा

बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोलि लागेर एक जनाको  मृत्यु भएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लियर विवाद हुँदै आएकोमा आज विवादले उग्र रुप लिदा झडपको स्थिति सिर्जना भएको थियो । 

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा   सिम्रौनगढ–१ नसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनको टाउकोमा गोली लागेको थियो । उनका अनुसार बिनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

CG

नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले दर्जनौं हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद हुँदै आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।