नेभिगेशन
समाज

युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आइतबार एक विज्ञप्ति निकालेर सराहना गरेको छ ।

Ncell
Extreme Energy

उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...