नेभिगेशन
सबै कुरा
नक्कली भुटानी शरणार्थी प्रकरण :

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालतमा सुनुवाई हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ । खाँणको विषयमा कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ । 

सोही प्रकरणमा यसअघि मंसिर १५ गते उच्च अदालत पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

CG

तर त्यतिबेला खाँणलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा दुई न्यायाधीशको राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिएका थिए भने न्यायाधीश प्रकाश खरेलले उनी निर्दोष हुन् भन्न सकिने अवस्थ नरहेकाले धरौटीमा छोड्न नहुने राय दिएका थिए । दुई न्यायाधीशहरुको फरक फरक राय आएपछि खाँणको पुन सुनुवाई हुने भएको हो । अब फेरि न्यायाधीश कोइरालाले फरक राय दिएभने खाँणको सुनवाई फेरि सर्वोच्च अदालतमा जानेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको...
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...