नेभिगेशन
सबै कुरा

१४ किलो सुन प्रकरणमा विमानस्थलका सरसफाई सुपरभाइजर पक्राउ

काठमाडाैँ : १४ किलो सुन प्रकरणमा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको छ । 

२१ मंसिर राति दुबईबाट काठमाडौँ आएको जहाजमा गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उक्त सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पाण्डेको संलग्नता देखिएका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो ।

CG

घलेले विमानबाट ओर्लिएर अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा सरसफाई गर्ने कर्मचारीमार्फत बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेका कारण उनलाई पक्राउ गरिएको हो । 

पाण्डेलाई प्रहरीले बुधबार राति भक्तपुरबाट पक्राउ गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक गाँजासहित पक्राउ

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको...
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...