नेभिगेशन
समाज

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

बागलुङ । अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ पुगेका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिएका हुन ।

Extreme Energy
citizen life

अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरेका थिए । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरे ।

अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिनेकाम भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्लले जानकारी दिए ।

अर्थमन्त्री खनालले निर्वाचनमा स्रोत अभाव नहुने बताए । “निर्वाचन सफल बनाउन् सबैको कर्तव्य हो, सुरक्षा व्यवस्थादेखि आचारसंहिता कार्यान्वयन गर्नु/गराउनु हाम्रो दायित्व हो”, उनले भने, “सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन । केही समस्या भए तुरुन्तै जानकारी भएमा समाधान हुनेछ, यसका लागि आपसी समन्वय र सहकार्य आवश्यक छ । नागरिकले मतदान सहज वातावरणमा गर्नुपर्‍यो ।”

अर्थमन्त्री खनालले जिल्लाको समग्र सुरक्षाको अवस्था, मतदान केन्द्रको जानकारी र आचारसंहिता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी लिएका थिए । बागलुङकी मुख्य निर्वाचन अधिकारी सीता शर्मा अधिकारीले जिल्लामा भइका शान्ति सुरक्षाको व्यवस्था, आचारसंहिता कार्यान्वयन र अहिलेसम्म भएका निर्वाचन तयारीका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

बिहीबार बागलुङ पुगेका अर्थमन्त्री खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीसँग निर्वाचनको तयारी र जिल्लाको वस्तुअवस्थाका विषयमा जानकारी लिएर निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ बुर्तिबाङको अनुगमनका समेत गर्ने जनाइएको छ ।

उनले निर्वाचनको समयमा आउने गलत र भ्रामक सूचनालाई सम्पादन गरेर चनाखो भएर बस्न सुरक्षा निकायलाई निर्देशन दिए । मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत अधिकारी, प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी उपरीक्षक तिलक भारतीलगायतले चुनावको तयारीका साथै यहाँ आचारसंहिता उल्लङ्घन नभएको बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

दश स्थानीय तह र ८५ वटा वडा रहेको बागलुङमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बागलुङमा कूल एक लाख ९३ हजार ३८१ जना मतदाता छन् । दुई वटा प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक...
९ महिनामा १६ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा

९ महिनामा १६ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलव दुई प्रतिशतले बढेको थियो । विवरणअनुसार, गत चैत महिनामा विप्रेषण आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड रुपैयाँ रहेको छ...
राजनीतिक स्थिरता, उत्तरदायी शासन र आर्थिक विकास

राजनीतिक स्थिरता, उत्तरदायी शासन र आर्थिक विकास

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत रास्वपाले आफ्नो आर्थिक विकासको मोडल मात्रै होइन राजनीतिक दृष्टिकोण र सुशासनको अवधारणा पनि...
अब कर्णालीमा सरकारको नेतृत्व गर्ने कांग्रेसको पालोः गगन थापा

अब कर्णालीमा सरकारको नेतृत्व गर्ने कांग्रेसको पालोः गगन थापा

प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस र एमालेबीच भएको राजनीतिक सहमति कार्यान्वयन गर्ने बेला आएको उल्लेख गरेका हुन्। उनले भने, “हामी कांग्रेस र एमालेबीच एउटा सहमति भएको छ...

भर्खरै