नेभिगेशन
सबै कुरा

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता

काठमाडाैँ : सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत विराटनगरमा बलात्कार सम्बन्धी मुद्दाको पुनरावेदन परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनसरीको बराहक्षेत्र निवासी गिरीलाई सुनसरी जिल्ला अदालतले बलात्कार सम्बन्धी मुद्दामा गत भदौ २७ मा सफाइ दिने निर्णय गरेको थियो । जबरजस्ती करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्‍याउनुपर्ने भन्दै जिल्ला अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसकेको भन्दै उनलाई सफाइ दिएको हो । जिल्ला अदातलको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको हो ।

Ncell
Extreme Energy

गिरीमाथि २०७६ कात्तिक ४ गते एकजना भक्तमाथि जबरजस्ती करणी गरेको आरोप छ । रामकृष्णाचार्य, वैष्णवकृष्ण दास नामले चिनिने सिद्धबाबा उदासी सम्प्रदायका धर्मगुरु भएता पनि अहिले बराहक्षेत्रबाट पलायन भएर काठमाडौँस्थित नानक सम्प्रदायको आश्रममा शरण लिएर बस्दै आएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...