नेभिगेशन
सबै कुरा

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता

काठमाडाैँ : सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत विराटनगरमा बलात्कार सम्बन्धी मुद्दाको पुनरावेदन परेको छ । 

सुनसरीको बराहक्षेत्र निवासी गिरीलाई सुनसरी जिल्ला अदालतले बलात्कार सम्बन्धी मुद्दामा गत भदौ २७ मा सफाइ दिने निर्णय गरेको थियो । जबरजस्ती करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्‍याउनुपर्ने भन्दै जिल्ला अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसकेको भन्दै उनलाई सफाइ दिएको हो । जिल्ला अदातलको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको हो ।

CG

गिरीमाथि २०७६ कात्तिक ४ गते एकजना भक्तमाथि जबरजस्ती करणी गरेको आरोप छ । रामकृष्णाचार्य, वैष्णवकृष्ण दास नामले चिनिने सिद्धबाबा उदासी सम्प्रदायका धर्मगुरु भएता पनि अहिले बराहक्षेत्रबाट पलायन भएर काठमाडौँस्थित नानक सम्प्रदायको आश्रममा शरण लिएर बस्दै आएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

आयोगले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो ।
भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  ...
नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।