नेभिगेशन
समाज

रौतहट घटना प्रति दुःख व्यक्त गर्दै रास्वपाले भन्यो, ‘ पीडिको न्यायको लागि कुनै कसर बाँकी राख्दैनौं’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना उम्मेदवारको चुनावी अभियानका क्रममा प्रयोग भएको सवारी साधनको ठक्करबाट बालिकाको मृत्यु भएको विषयमा दुःख व्यक्त गरेको छ । बिहीबार पार्टीका उम्मेदवारले प्रयोग गरेका सवारी साधनको ठक्करबाट ४ वर्षीय एक बालिकाको मृत्यु भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रवार रास्वपा पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीय बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ । यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ ।’

Ncell
Extreme Energy

बिहीबार भएको दुर्घटनाको विषयलाई रास्वपाले अत्यन्त गम्भीरताका साथ लिएको जनाउँदै, घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सिङ्गो रास्वपा प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौ ।’

त्यस्तै, रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन समेत पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै