नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहीले प्रत्यक्षको मत आफू र समानुपातिकको मत रास्वपाका लागि मागिरहेका छन्ः बिनिता कठायत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की निवर्तमान् सांसद एवम् जुम्लाकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिनिता कठायतले आफ्नो प्रतिस्पर्धीले निर्वाचन क्षेत्रमा गलत प्रचार गरिरहेको आरोप लगाएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलबार उनले पत्रकार सम्मेलन गरेर राप्रपाका निवर्तमान सांसद एवम् हालका प्रतिस्पर्धी उम्मेदवार ज्ञानेन्द्र शाहीले प्रत्यक्षको मत आफू र समानुपातिकको मत रास्वपाका लागि मागिरहेको उनले आरोप लगाइन । 

Ncell
Extreme Energy

राप्रपा र रास्वपा पार्टी एकता भएको भन्ने निराधार हल्ला गरेर शाहीले प्रत्यक्षतर्फको मत हलोमा हाल्न र समानुपातिक मत रास्वपामा हाल्न गाउँगाउँमा भनेको उनको आरोप छ । 

ज्ञानेन्द्र शाही रास्वपा प्रवेश गरेर टिकट लिन हरदम प्रयास गरे पनि पार्टीले स्वीकार नगरेको समेत उनको आरोप छ । ‘शाहीले मनोनयन दर्ता गर्ने अन्तिम दिनसम्म पनि सुर्खेतबाट चुनाव लड्न पार्टीमा पहल गरिरहेका थिए,’ कठायतले भनिन्,‘ पार्टीले पत्याएन । तर, अहिले यहाँ मेरा विरुद्ध गलत प्रचार गरेर हिँड्नु भएको छ ।’

प्रत्यक्षमा हलोलाई र समानुपातिकमा घण्टीमा भोट हाल्न दुई पार्टीबीच एकता भएको भन्ने गलत भाष्य सृजना गर्दै शाहीले प्रचार गरिएको उनको आरोप छ । 
उनले पत्रकार सम्मेलन नै गरेर सो कुरा जानकारी दिएकी हुन् । यसबारे बुझ्न उम्मेदवार शाहीलाई सम्पर्क गर्दा उनले भने बिनिताले गलत कुरा गरेकाे आराेप लगाए । "जुम्लामा प्रत्यक्षतर्फकाे भाेट हलाे र समानुपातिक घण्टीमा हाल्ने ह्वीम चलेकाे छ," शाहीले सिधाकुरासँग फाेनमा भने, "मलाई प्रत्यक्षमा  र घण्टीलाई समानुपातिकमा भाेट दिन्छु भन्नेलाई मैले के भन्न त मिलेनन नि ।" 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’

भर्खरै